२०७७ कार्तिक १५, शनिबार

मन्टेश्वरी विधीमा ४० विद्यालय

सुर्खेत । नेपाल मन्टेश्वरी एसोसिएसन, कर्णाली प्रदेशको आयोजना वीरेन्द्रनगरमा मन्टेश्वरी विधीको तालिम सम्पन्न भएको छ । निजि तथा मन्टेश्वरी स्कुलका प्रिन्सिपल तथा शिक्षक शिक्षिकाह?लाई तालिम दिइएको हो ।

तालिममा दैलेख, बड्डिचौर, छिन्चु र वीरेन्द्रनगरका ४० विद्यालयका शिक्षक शिक्षिकाह?को उपस्थिती रहेको एसोसियसनकी संयोजक तथा प्रशिक्षक प्रतिमा मल्लले बताइन् । भविष्यका कर्णाधार बालबालिकाको भविष्य संग जोडिएको मन्टेश्वरी विधीको प्रभावकारीताका लागि तालिमको आयोजना गरिएको मल्लले बताइन् । उनले भनिन्, ‘यो पहिलो चरणको तालिम हो । हरेक महिनामा सञ्चालन हुनेगरी चार चरणका तालिम अझै बाकी नै छन् ।’

वर्तमान समयमा अधिकांश मन्टेश्वरी विधीमा नचलिरहेको गुनासो आइरहेको समयमा मन्टेश्वरी तालिमले समारात्मक भुमिका खेलेको तालिमका सहभागिह?ले बताएका छन् । तालिमले बालबालिकाको मनोविज्ञान बुझ्न थप मदत मिलेको सहभागिको धारणा थियो ।