२०७७ कार्तिक १३, बिहीबार

सुर्खेतमा अबैध १२६ क्यूफिट काठ सहित ३ जना पक्राउ


चैत्र, ५ सुर्खेत
अबैध रुपमा लुकाईछिपाई राखि काठ तस्कर गर्ने ३ जनालाई काठ सहित सुर्खेत प्रहरीले पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका ५ स्थित उज्वल सामुदायीक वनक्षेत्रवाट सालको १२६ क्युफिट काठ अवैध रुपमा ओसार पसार गरीरहेको अवस्थामा ३ जनालाई नियन्त्रणमा लिइएको सुर्खेत प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदीले जानकारी दिनुभयो ।


अवैध रुपमा काठको ओसारपसार गरिरहेको सुचना पाएपछि प्रदेश प्रहरी कार्यालय सुर्खेत र , जिल्ला प्रहरी कार्यालय सुर्खेतवाट खटिएको संयुक्त प्रहरी टोलीले १०३ क्युफिट सालको अवैध चिरान काठ र २३ क्युफिट गोलिया काठ सहित प्रक्राउ गरेको हो । पक्राउ परेका ३ जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा वुझाईने प्रहरी प्रमुख चर्तुवेदीले वताउनुभयो ।

अबैध रुपमा काठ ओसार पसार गरेको आरोपमा प्रहरीले पुत सिंह खड्का , नविन वुढामगर र मनोज खड्का लाई नियन्त्रणमा लिएको छ । तिनै जनालाई वन ऐन अन्तरगत मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।