२०७७ कार्तिक ८, शनिबार

परिक्षाको हाउगुजि

एस एल सि का नाममा भैरहने कक्षा १० को परिक्षा अब एस ई ई का नाममा हुदै छ । शिक्षा क्षेत्रमा धेरै ठुलो हाउगुजिका रुपमा लिईने यो परिक्षा को नाम परिवर्तन भएपनि चरित्र र हाउगुजि अहिले पनि उस्तै उस्तै देखिन्छ । यो परिक्षालाई आफ्नो भविष्य संग जोडेर लैजाने गरिन्छ । अविभावक देखी विद्यार्थीहरुले समेत यो परिक्षालाई विशेष परिक्षाका रुपमा लिने गरिन्छ । यो परिक्षामा देशैभरि जस्तै यो प्रदेशमा पनि दशौ हजार विद्यार्थीहरु भाग लिदैछन्  ।
कर्णाली प्रदेशबाट यस वर्षको एसइई परीक्षामा ३९ हजार ३ सय ११ परीक्षार्थी सहभागी हुने भएका छन् । कर्णाली प्रदेशका १० जिल्लाबाट जाजरकोट, सुर्खेत, सल्यान, रुकुम (पश्चिम), डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालीकोट र दैलेख जिल्लाका विद्यार्थीहरु यस वर्षको परिक्षामा सहभागी हुन लागेका हुन् । यही चैत ८ गतेदेखि शुरु हुने एसइई परीक्षामा कर्णाली प्रदेशवाट ३५ हजार ५ सय ९८ जना नियमित तथा ३ हजार ७ सय १३ जना एक्जामटेड तर्फका गरि ३९ हजार ३ सय ११ जना विद्यार्थीहरु परिक्षामा सामेल हुने क्षेत्रिय शिक्षा निर्देशनालयले जनाएको छ ।

यो वर्षको परिक्षामा सबै भन्दा वढि सुर्खेत जिल्लाबाट ७ हजार ९सय ९२ जना र सबैभन्दा कम डोल्पा जिल्लाबाट ६ सय ६५ जना नियमित तथा एक्जाम्टेड तर्फका विद्यार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै एसइइ परिक्षामा दैलेखबाट ५ हजार ९सय ९०, रुकुमबाट ५ हजार २२४, जाजरकोटबाट ४ हजार ९ सय ८७, सल्यानबाट ४ हजार ६सय ५१, कालीकोटबाट ४ हजार २ सय ८, जुम्लाबाट ३ हजार २ सय १९, मुगुबाट १ हजार ४ सय २७ र हुम्लाबाट ९ सय ४८ जना विद्यार्थी रहेका छन ।

यो परिक्षा जिन्दगीको महत्वपुर्ण त होला तर यो पाश नभए सबै सकिने भन्ने प्रकारको हाउगुजी यसपटक नहोस । परिक्षा प्रणाली पनि नसुधारीकन हामिले कहिल्यै यो अवस्थाको श्रृजना अन्त गर्न सक्तैनौ । सरकारले परिक्षा प्रणालीमा समेत सुधार ल्याउनेगरि काम गरोस । परिक्षा मर्यादित र जिन्दगी ज्युने प्रकारको होस ।