२०७७ कार्तिक १४, शुक्रबार

सुर्खेतमा एस ईईको तयारी पुरा २ सय ८० विद्यार्थीले परिक्षा दिन नपाउने

सुर्खेत ५ चैत्र । सुर्खेतबाट २ सय ८० जना विद्यार्थीले एसईई परिक्षा दिन नपाउने भएका छन । जिल्ला शिक्षा कार्यालयका सुचना अधिकृत भोजराज लम्सालका अनुसार ७५ प्रतिशत हाजिरी नपुगेका र राजश्व नतिरेका कारण २ सय ८० जना विद्यार्थीले एसईई परिक्षा दिन नपाउने भएका हुन । परिक्षामा सहभागी हुनका लागि ७५ प्रतिशत हाजीरी पुगेको हुनुपर्छ । साथै राजश्व पनि तिर्नु पर्दछ ।

यसैबिच सुर्खेतमा एसईई परिक्षाको तयारी पुरा भएको छ । सुर्खेतमा एसईई परिक्षाका लागी ३० वटा परिक्षा केन्द्र तोकीएको छ । परिक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरेर कार्य क्षेत्रमा खटाईसकिएको छ । जसमा ४ जना महिला र २६ जना पुरुष केन्द्राध्यक्ष रहेका जिल्ला शिक्षा अधिकारी जित बहादुर शाहले जानकारी दिए ।

जिल्लाा शिक्षा कार्यालय सुर्खेतले एसईई परिक्षाका केन्द्राध्यक्षसंग परिक्षालाई मर्यादित र अनुशासित बनाउन पालना गर्नुपर्ने आचारसंहिताका बारेमा अभिमुखिकरण कार्यक्रम समेत सञ्चालन गरेको छ । एसईई परिक्षालाई मर्यादित , व्पवस्थित ,अनुशासित र शान्तमय बातावरणमा सम्पन्न गर्न विभिन्न ३७ बुँदे आचारसंहिता जारी गरीएको छ ।जसमा परिक्षाको समयमा विद्याथीले अनिवार्यरुपमा परिचय पत्र, प्रवेशपत्र र पोशाक प्रयोग गर्ने र केन्द्राध्यक्ष र परिक्षा निरिक्षकहरुले पनि परिचय पत्र अनिवार्य प्रयोग गर्ने लगायतका रहेकाछन् ।

त्यस्तै आफन्त प्रशिक्षार्थी भएका निरिक्षकहरु नराख्ने , पूर्ण रुपमा परिक्षाको मर्यादा पालना गरिनु पर्ने तथा मर्यादामा नबस्ने केन्द्राध्यक्ष र परिक्षा निरिक्षकलाई नियम अनुसार कार्वाही गर्ने लगायतका रहेका छन । यसैगरी परिक्षालाई मर्यादित बनाउनका लागी आवश्यक सुरक्षा व्यवस्थाको तयारी पुरा भएको सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चर्तुवेदीले बताए । जम्मा ३० वटा परिक्षा केन्द्र मध्ये सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै १५ वटा केन्द्रमा शसस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली खटिने छ भने १५ वटा केन्द्रमा जनपद प्रहरी खटाईने भएको छ ।

पूर्वी सुर्खेतको बजेडीचौर परिक्षाकेन्द्र देखी प्रहरी चौकी टाढा भएकाले बजेडीचौरमा परिक्षा अवधिमा आवासियरुपमा प्रहरीको टोली सुरक्षामा खटाईने चर्तुवेदीले जानकारी दिए ।