२०७७ कार्तिक ५, बुधबार

सिम्ताको रिठाबोटका खानेपानीको अभाव

सुर्खेत ६ चैत्र । पुर्वि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ६ राकम स्थित (रिटाबोट) गाउँमा खानेपानीको चरम अभाव भएको छ । सुख्खा खडेरी लागेसंगै नजिकैको कुवा , खोलामा रहेका पानीका मुहान सुक्दा अहिले त्याहाँका स्थानिय बासिन्दालाई खानेपानीको संकट परेको छ । १ गा्रगी पानी लिन घण्टौ लाईन बस्नुपर्ने बाध्याता रहेको स्थानिय सुवास पुनले जानकारी दिए ।

मानिसलाई पिउन सरसफाइ गर्न र गाइवस्तु लाई समेत पिउने पानीको अभाव भएको उनले जानकारी दिए । नजिकैका खोला मुहान सुकेपछि त्याहाँका स्थानिय बासिन्दा २ घण्टा हिडेर भेरी नदिको पानी पिउन बाध्य रहेको पुनले बताए । सुख्खा तथा खडेरीको समयमा बर्षेनी आफुहरुले यस्तो समस्या भोग्दै आएपनि सम्बन्धित निकाय भने मौन रहेको पुनले बताए । पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउदाँ पनि कुनै पहल नगरिएको उनको भनाई छ ।

यता सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले विगत केहि बर्ष देखि क्षेत्रिय खानेपानी आयोजनाले छिमेकी वडा कार्पिचौरको (खोली) खोला बाट खानेपानी आयोजनाको कार्य सञ्चालन गरेकाले छिटै रिठाबोटमा खोपानीको संकटको समधान हुने बताए ।