२०७७ कार्तिक ११, मंगलवार

निर्मल र आकाशले कारागार बाटै दिए एसईई

सुर्खेत ९ चैत । सुर्खेत कारागारमा रहेका २ जनाले पनि यस बर्षको माध्यामिक शिक्षा परिक्षा (एसईइ) दिएका छन । जिल्ला कारागार सुर्खेतमा रहेका दुईजना कैदीबन्दीले समेत आज कारागारबाटै परीक्षा दिएका हुन ।  विगत १ बर्ष देखि सुर्खेत कारागारमा सजाय भोग्दै आएका उनिहरुले बिहिवार वाट देशभर सञ्चालन भएको एसईई परिक्षा दिएका हुन ।

अरु परिक्षार्थिलाई जस्तै उनिहरुलाई पनि एकै खालको प्रश्न पत्र दिईएको हो ।  सुर्खेतका निर्मल विक र आकाश सुनारले कारागार बाटै परिक्षा दिएका छन । उनिहरु २ जना मध्य आकाश सुनार लागू औषध र खिम बहादुर विक बहुबिवाहको मुद्धा परेपछि विगत १ वर्ष देखि सुर्खेत कारागारमा सजाय भोग्दै आएको कारागार स्रोतको भनाई छ ।

उनिहरु दुबै जनालाई विशेष सुरक्षा सहित १ जना परिक्षा गाड पनि खटाईएको छ ।  उनीहरुले पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएका हुन् । अदालतको आदेश सजाय भुक्तान गरिरहेका आकाश सुनार र खिम विकले कारागारबाटै परीक्षा दिएका हुन् ।