२०७७ कार्तिक ८, शनिबार

‘रोल्पा विचार, क्रान्ति र परिवर्तनको प्रतीक बनेको छ’– अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपामाओवादी केन्द्रकाअध्यक्षप्रचण्डले रोल्पाविचार, क्रान्ति र परिवर्तनको प्रतीकबनेको बताउनुभएको छ ।  नेकपामाओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको बधाई तथाशुभकामनाकार्यक्रमलाई सम्बोधनगर्दै माओवादीअध्यक्षप्रचण्डले वर्गसंघर्षको अग्रणीकिल्लाको रुपमा रहीविचार निर्माण र नेतृत्वनिर्माणमा समेत अग्रणी रहेको बताउनुभयो ।

‘नेपालको जनवादीक्रान्तिमा रोल्पाको भूमिकाअग्रणी रह्यो भन्ने इतिहाससिद्धभइसकेको छ । रोल्पाले अग्रणीवर्गसंघर्षको किल्लाको रुपमाविचार निर्माण र नेतृत्वनिर्माणमापनिअग्रणी नै हो भन्ने कुरा सावितभइसकेको छ ।’ अध्यक्षप्रचण्डले भन्नुभयो, ‘विचार, नेतृत्व र संगठनजनताको बीचमाबलियो विश्वासको सम्बन्धभयो भने ठूल्ठूला परिवर्तन सम्भवहुँदोरहेछ भन्ने कुराको एउटाप्रमाणहो रोल्पा ।’

जनयुद्धको क्रममारोल्पा, रुकुम, जाजरकोट, सल्यान र पूर्व पश्चिमकाविभिन्नजिल्लाहरुलाई मुख्य केन्द्रीयआधारइलाकाको रुपमासञ्चालन गरेको स्मरणगर्दै अध्यक्षप्रचण्डले युद्धको अप्ठ्यारा दिनहरुमा राजनीतिक र फौजीजटिलताआएपछिआफू रोल्पाजाने र त्यहाँकापार्टी कार्यकर्ता र जनतासँग बसेर समस्या समाधानगर्ने गरेको बताउनुभयो ।

विगतको रोल्पासँगको विश्वासलाई अझ सुदृढ गर्न चाहेको भन्दै प्रचण्डले भन्नुभयो, ‘शान्तिप्रक्रियामा, संविधाननिर्माणप्रक्रियामा रसंविधानकार्यान्वयनगर्दै समाजवादतर्फको नितान्तनयाँयुगको यात्रामापनिहामी यो विश्वासलाई अझ सुदृढ गर्न चाहन्छौं । हाम्रो विचार, नेतृत्व र जनताको सम्बन्धको स्तरलाई अझबलियो बनाउनचाहन्छौं देशभरिको पनि र मुख्यतः रोल्पाको ।’

रोल्पाएउटाजिल्लाको नाममात्रनभएको भन्दै अध्यक्षप्रचण्डले भन्नुभयो, ‘रोल्पाविश्वव्यापीनयाँविचार, नयाँ परिवर्तन, नयाँपहिचानदिएको प्रतीकहो, यो प्रतीकलाई बनाइराख्न र अझ सुदृढ गर्न हामी सबै एकजुटहुन जरुरी छ ।’

उहाँले भन्नुभयो, ‘रोल्पाजसरी परिवर्तनको, क्रान्तिको, विचारको प्रतीकबनेको छ, यसलाई हामी सुदृढ गर्न चाहन्छौं ।’ रोल्पाले राजनीतिक रुपमाविश्वव्यापीपहिचानबनाएको भन्दै प्रचण्डले रोल्पाले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रियआन्दोलनमापनिमहत्वपूर्ण भूमिकाभूमिका स्थापितगरेको बताउनुभयो ।

अहिले नयाँ र समृद्ध नेपालबनाउने समाजवादतिरको नयाँयात्राको आरम्भ गरेको भन्दै अध्यक्षप्रचण्डले नयाँतरिकाले अझ धेरै गहिरो अध्ययन, मेहनत र संघर्ष गर्नुपर्ने बताउनुभयो ।

‘हामीले समाजवादको यात्राको झण्डाउठाएकाछौं । पक्कै पनिमाओवादीआन्दोलन, पार्टी, नेतृत्व र तपाई रोल्पा रुकुमलगायत देशभरिकाक्रान्तिकारी जनतालाई नयाँक्रान्तिको नेतृत्वगर्ने अवसर प्राप्तभएको छ’, उहाँले भन्नुभयो,‘हामीत्यसकानिम्ति एक ठाउँमा केन्द्रीतहुन जरुरी छ ।’

फेरि पनि रोल्पा परिवर्तनको प्रतीकबन्नुपर्छ : सभामुख महरा

प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बदलिएको परिस्थितिमारोल्पा परिवर्तनको प्रतीकबन्नुपर्ने बताउनुभएको छ ।  नेकपामाओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनगर्दै सभामुख महराले सामाजिक परिवर्तनकालागि रोल्पा फेरि पनिप्रतीकबन्नुपर्ने बताउनुभएको हो ।

‘रोल्पा परिवर्तनको पहिचान र प्रतीकबनेको छ । हामीले धेरै ठूलो त्याग र बलिदान गरेकाछौं । त्यसको प्रतिफलआजको रोल्पाबनेको छ’, उहाँले भन्नुभयो, ‘रोल्पा त्यसै रोल्पाबनेको हैन, रोल्पालाई अध्यक्षप्रचण्डले विश्वास गर्नुभयो र रोल्पाले उहाँलाई विश्वास ग¥यो । यो विश्वासलाई अबनयाँउचाइमाउठाउनुपर्छ । प्र्रचण्डलाई नयाँउचाइ र नयाँभूमिकामाउठाउनको निम्तिहामीले त्यहीँउचाइमाउठेर विश्वास गर्नुपर्दछ ।’

कसै कसैलाई रोल्पा परिवर्तनको पहिचान र प्रतीकबनेको मन नपरेको भन्दै सभामुख महराले परिवर्तन नचाहने शक्तिहरुको षड्यन्त्रगरिरहेको बताउनुभयो । ‘परिवर्तन विरोधीहरुलाई रोल्पा परिवर्तनको प्रतीकबनेको मन परेको छैन, उहाँले भन्नुभयो, ‘सबैखाले षड्यन्त्रकाविरुद्धहामीएकढिक्काभएर लड्नुपर्छ ।’

सामाजिक परिवर्तनकानिम्तिआगामीदिनहरु झनै चुनौतिपूर्ण भएको भन्दै उहाँले समाजलाई रुपान्तरणगर्ने र समृद्ध रोल्पाबनाउने अभियानमासबै रोल्पालीहरु एक ठाउँमाआउनुपर्नेबताउनुभयो ।

अहिले रोल्पाकायुवाहरुको ताँती देख्दाआफूलाई०३५÷३६ सालतिरको यादआएको भन्दै उहाँले भन्नुभयो, ‘त्यतिबेला रोल्पानिकै अप्ठ्यारो अवस्थामाथियो । शुरुवातमाहामीनिकै थोरै थियौं । अहिले रोल्पा नेतृत्वपंक्ति र कार्यकर्ताको हिसाबले निकै सम्पन्नभएको छ ।’

निशर्तप्रचण्डको काँधथाप्छौं : अनन्त

नेकपामाओवादी केन्द्रका नेताएवं ऊर्जा, जलस्रोत तथासिचाइमन्त्रीवर्षमानपुन ‘अनन्त’ले नेतृत्वविरुद्धजनयुद्धकालमाभन्दाअहिले ठूलाचुनौती र घेराबन्दीआउन सक्ने बताउनुभएको छ ।  रोल्पाकाठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममाबोल्दै अनन्तले नेतृत्वको रक्षा र विकासकालागि रोल्पाले विगतमाजस्तै अध्यक्षप्रचण्डलाईनिशर्त काँधथाप्ने बताउनुभयो ।

पार्टीभित्रबाहिर र राष्ट्रियअन्तर्राष्ट्रियशक्तिहरु पार्टी नेतृत्वविरुद्धलाग्न सक्ने औंल्याउँदै उहाँले अबको नयाँसमाजवादीक्रान्तिको यात्रामापनिरोल्पालेविगतमाजस्तै योगदान र बलिदानगर्न तयार रहेको बताउनुभयो । फेरिएको समयमा रोल्पा र रोल्पालीजनताको समग्र विकासकालागिआफुले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

सभामुखसहितजनप्रतिनिधिहरुलाई सम्मान

यसैबीचप्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई नेकपामाओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क मञ्चले स्वागततथा सम्मान गरेको छ ।  शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी मञ्चले सभामुख महरालगायत रोल्पा र रोल्पामाजन्मिएर अन्यजिल्लाबाटप्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामानिर्वाचितजनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा रोल्पाबाट र रोल्पामाजन्मिई अन्यजिल्लाबाटनिर्वाचित १० जनाजनप्रतिनिधिहरुलाई कार्यक्रमकाप्रमुखअतिथि नेकपामाओवादी केन्द्रकाअध्यक्षप्रचण्डले टीका, खादा र सम्मानपत्रसहितबधाई दिनुभएको थियो ।

कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, रोल्पाबाटनिर्वाचितप्रतिनिधि सभा सदस्यएवं ऊर्जा, जलस्रोत तथासिचाइमन्त्रीवर्षमानपुन, प्रतिनिधिसभा सदस्यहरु ओनसरी घर्ती, जयपुरी घर्ती, राष्ट्रिय सभा सदस्य राजबहादुर कँवर, प्रदेश सभा सदस्यहरुदिपेन्द्र पुन, बसन्तघर्तीमगर, लालकुमारी पुन,  सो अवसरमामञ्चले अध्यक्षप्रचण्डलाई पनिबधाई तथा सम्मान गरेको थियो ।

मञ्चकाअध्यक्षजीवन रोकामगरको अध्यक्षतामाभएको कार्यक्रमको सञ्चालनउपाध्यक्षझन्कार बुढामगरले गर्नुभएको थियो भने स्वागतअर्का उपाध्यक्ष चेतनकुँवरले गर्नुभएको थियो ।