२०७७ कार्तिक १४, शुक्रबार

रुकुम चौरजहारी नगरपालिकामा डिजिटल हाजिरी सुरु

रुकुम – रुकुम(पश्चिम) को चौरजहारी नगरपालिकामा डिजिटल हाजिरी सुरु भएको छ । प्रविधिको विकास संगै नगरले विद्युतिय हाँजिरी सुरु गरेको हो । डिजिटल हाँजिरी सेवा सुरु भए संगै कर्मचारीहरु निर्धारीत समयमा कार्यालय आईपुग्ने भएपछि सेवा ग्राहीलाई समेत सहज भएको छ ।

विभिन्न वहानामा कार्यालयमा ढिला गरी पुग्ने कर्मचारीहरुका लागी उक्त हाजिरी सेवाले समयमा पुग्ने वानीको विकास गर्ने नगपालिकाले विश्वास लिएको छ । त्यस्तै सेवा ग्राहीहरु लाई कर्मचारीहरुको पर्खाईमा वस्नुपर्ने वाध्यता समेत हटेको नगरप्रमुख बिशाल शर्माले बताउनु भयो ।

गत फागुन ६ गते नगरपालिका वाट सुरु गरीएको हाजिरी सेवा हाल चौरजहारी नगरपालीको कार्यलय सहित वडा नम्बर १, २, ३, ७ र ९ मा जडान सम्पन्न भएको छ । अन्य वडा कार्यालय र नगर भित्रका माध्यामिक बिध्यालयहरुमा पनि जडान कार्य तिव्ररुपमा चलिरहेको नगरप्रमुख शर्माको भनाई छ ।।