२०७७ कार्तिक ६, बिहीबार

सरकारी सर्तमा काम गरौ

विश्वका शक्तिशालि र विकास भएका राष््टहरुको उदाहरण भनेको सबै ठाउमा लगानिकर्ताहरु भित्राएर नै हो । लगानि भित्राएका आधारमा मात्रै हामिले देश विकाश गर्न सक्छौ भन्ने उदाहरण सिंगापुर पनि हो । विदेशी लगानिले मात्रै देशको विकास हुनसक्छ या भुगोलको विकास हुनसक्छ । यो सार्वभौम नियम हो । यस्का लागि हरेक प्रकारका प्रयासहरु भने निरन्तर जारी राख्नुपर्छ । पछिल्लो बहसमा कर्णाली प्रदेश छ । कर्णाली प्रदेशको विकास पनि लगानिकर्ता भित्राए मात्रै हुनसक्छ ।

त्यसका लागि लगानिमैत्रि वातावरण निर्माण गर्न जरुरी छ । यदि साच्चिकै विकास गर्ने हो भने कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण बनाउनुको विकल्प छैन । लगानी मैत्री बातावरण सिर्जना गर्न गैरसरकारी संस्थाहरुको सहयोग आवश्यक हुन्छ । तर त्यसका लागि सरकारको योजनामा जाने गैरसरकारी संस्था वा मालिक उद्योगी हुनसक्छ ।

गैरसरकारी संस्थाले विगतको समयमा कर्णाली प्रदेशमा गरेको काम समिक्षा गर्न लायक छ । गैरसरकारी संस्थालाई आफुमुखि नभई सरकारको प्रत्यक्ष नियमणमा रही एकद्धार प्रणाली बाट सञ्चालन गर्न निति ल्याईनुपर्ने आवाज पनि उठीरहेका छन । यस्को नियमन र प्रभावकारी अनुगमनले पनि हामिले चाहेको विकास हुनसक्छ ।

लगानिकर्तालाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउने र सुरक्षाको पुर्ण ग्यारेण्टी गर्न सकियो भने मात्रै हामिले भौतिक विकास अनुभुती गर्न र देख्ने गरि प्राप्त गर्न सक्छौ । त्यसका लागि फेरी पनि सरकारको नितिमा सहनेगरि सरकारको भुगोलमा सरकारी निर्देशनमा काम होस । त्यो कामले मात्रै हामिले यो प्रदेश चाहेको जस्तो बनाउन सक्छौ । सरकारले सुरक्षाको ग्योरेण्टी गर्दीने र लगानिकर्ताले सरकारी निर्देशनमा जागर लगाएर काम गर्ने हो भने भनेको समयमा प्रदेसले विकाशको गति लिन्छ ।