२०७७ कार्तिक ६, बिहीबार

खेल क्षेत्रको विकासमा लाग्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री शाहि

सुर्खेत- आईतबार वीरेन्द्रनगरमा निर्माण हुन लागेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुउद्देश्यीय कर्भड हल शिलयान्स गरेका छन् । कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगरमा बन्न लागेको नमुना कर्भडहलले यसक्षेत्रका खेलाडीहरुलाई खेलक्षेत्रमा लाग्न थप प्रेरित गर्नेछ । यस क्षेत्रमा कभर्डहल नहुदाँ बिभिन्न प्रतियोगीता गर्न बाँकेको नेपालगंजमा जानुपर्ने बाध्यता रहेको थियो ।

झन्डै तिन करोडको लागतमा निर्माण हुने कर्भडहल अबको एक बर्षमा बनिसक्ने निर्माण समितिका संयोजक चेत अधिकारीले जानकारी दिए । कर्भडहलका लागि डिपिआर अनुसार ६ वटा कोडको भए पनि समितिले रकम अभाव देखाउँदै पहिलो चरणमा ४ वटा कोड निर्माण गर्न लागेको छ ।

कभर्डहल निर्माण भएसंगै कर्णाली प्रदेशका खेलाडिहरुले खेल अभ्यासका लागी बाहिर जानुपर्ने बाध्यता हट्ने आयोजकको विस्वास छ । अत्याधुनिक सुविधा सम्पन्न कभर्डहल निर्माण गर्नका लागि आर्थिक रकम संकलन गर्न मध्यपश्चिम धार्मिक महोत्सव २०७३ समेत आयोजना गरिएको थियो । धार्मिक महोत्सवमा झन्डै एक करौड ३० लाख रकम संकलन भएको थियो ।

यस्तै कभर्डको शिलन्यास गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेलकुल क्षेत्रको बिकास गरेर कर्णाली प्रदेशलाई बिश्वमा चिनाउने तर्फ लाग्न सबैलाई आह्रान गरे । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई अन्तराष्ट्रिय स्थरमा चिनाउनको लागी नयाँ नयाँ खेलहरुको अनुसन्धान गर्न खेल समेत सुझाब दिए ।

मुख्यमन्त्री शाहीले खेलकुद क्षेत्रको बिकासको लागी सरकारले गर्नुपर्ने सहयोगको लागी आफु तयार रहेको भन्दै यसको बिकासको लागी योजना बनाउनु पर्नेमा जोड दिए । उनले खेलकुदलाई पर्यटकिय हिसाबले बिकास गर्नको लागी उच्च हिमाली क्षेत्रमा कभर्ड निर्माण गर्न सारकार तयार हेको उल्लेख गरे ।

मुख्यमन्त्री शाहीले कभर्ड हल निर्माण भइसकेपछि कर्णाली प्रदेशबाट समेत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे । कार्यक्रममा वीरेन्द्रनगर नगपालीकाका प्रमुख देबकुमार सुबेदीले खेलक्षेत्रको विकासको लागी वीरेन्द्रनगर नगरपालीकाले योजना बनाएर काम थाल्ने धारणा राखे ।

उनले खेलक्षेत्रै विकासको लागी आगामी आर्थिक बर्षको बजेटमा बजेट बिनियोजन गरिने बताए । कार्यक्रममा सिम्तागाँउपालिका अध्यक्ष कविन्द्र केसीले कभर्ड निर्माण भएसंगै यस क्षेत्रका खेलाडीहरुलाई खेलक्षेत्रमा लाग्न सहज हुने प्रतिक्रिया दिए ।उनँले खेलक्षेत्रको विकासको लागी स्थानिय सरकार सबैसंग हातेमालो गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा सुर्खेत स्थित विभिन्न खेलसगँ सम्बन्धित व्यक्तीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सुर्खेत जिल्ला ब्याटमिन्टर संघ सुर्खेतका अध्यक्ष छविलला शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।