२०७७ कार्तिक ८, शनिबार

कर्णाली सम्बृद्ध बनाउने संकल्प

नयाँ नेपाल दैनिकको प्रकाशन यात्रा आज बाह्र बर्षमा प्रबेश गरेको छ । ११ बर्षको यो अवधिमा छापा पत्रकारितामार्फत् हामीले समाज, आम नागरिक र समग्र राष्ट्रका नाममा केही गरौ“ भन्ने उत्साहमा निरन्तर पैरवी गरिरह्यांै । हाम्रा साना–तिना प्रयासका बीचबाट पनि हामीले प्राप्त गरेको सफलता र अभियान यहा“सम्म आईपुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट २०६३ चैत्र १३ गते अथवा आजकै दिन हाम्रो नया“ नेपाल दैनिकले आफ्नो प्रकाशन यात्रा आरम्भ गरेको थियो। तत्कालीन अवस्थामा हामीले नया“ नेपालको परिकल्पनासहित गरेको बहस र छलफल साठीको दशकको राजनीतिक परिवर्तनले सार्थक हु“दै गएका छन्। प्रकाशनको यो यात्रामा आम पाठकहरूकै रूचिअनुसार हामीले हप्ताभरि नै विभिन्न स्तम्भहरु यहाहरु माझ आईरहेको छौ । छापाबाट सुरु भएको यो अभियानमा हामि अहिले अनलाईन संस्करणमा पनि छौं। अघिल्ला वर्षहरुमा तपाईहरुसमक्ष गरेको प्रतिबद्धता र आगामी दिनमा अनलाईन पाठकहरुको समय सापेक्ष माग सम्बोधन गर्न हामी अबदेखि अनलाईन संस्करणमा औपचारिकरुपमा आएका मात्रै छैनौ यस्मा हाम्रो त्रियाशिलता बढाउने संकल्प पनि गरेका छौ ।

हाम्रो फेरि पनि यही निष्कर्ष छ, हामी यहा“सम्म पुग्नुको मूख्य श्रेय भनेको हाम्रा हजारौं पाठक, त्यत्तिकै संख्याका विज्ञापनदाता, शुभचिन्तक, लेखक र स्तम्भकारमा जान्छ। त्यस्तै सधैंभर नया“ विषयवस्तु खोज्ने र आम पाठकलाई केही नया“ दिऊ“ भन्ने ध्याउन्नमा लागेर रातदिन खट्ने सम्पादन टिम र मेहनतपूर्वक काम गरेर आम पाठकका बीचमा पत्रिका बिहानै पु¥याउने व्यवस्थापकीय टिममा जान्छ। यो सन्दर्भमा हामी कति पनि कञ्जुस्या“ई नगरी भनिरहेका छा“ै कि हाम्रो यो सफलता भनेको नै तपाई सम्पूर्णको सफलता हो। दशक बढि बित्दा पनि हामी समाजले भोगिरहेका कैयांै पीडाहरूबाट अछुतो छैनौ“। यिनै पीडाहरूको पिंजडामा बा“धिएका छौ“। तर समाजलाई हा“सो बा“ड्न र उत्साहको खेती गर्न छाडेका भने छैनौ“।

अन्तमा, पत्रकारितालाई आदर्श ठानेर लागिरहेका हामीहरू कर्णाली प्रदेशको सम्बृद्धिको अभियानमा राज्यको साझेदार भएर काम गरिरहनेछौ । यो प्रदेशको सम्बृद्धिबाट मात्रै हामि सबैको भविष्य उज्वल हुन्छ भन्ने कुरा हामिले पनि बुझेका छौ र प्रदेशको विकाशमा हामि राज्यसंग जिम्मेवार पुर्वक साझेदार गरेर अगाडि बढिरहनेछौ । हाम्रो यो अभियानले समाजलाई सकारात्मक हुन, आत्मनिर्भर बन्न र सम्बृद्ध बनाउन महत्वपूर्ण योगदान तपाइहरुकै हुनेछ । अन्तमा अर्को प्रतिबद्धता, आगामी अर्को दशक पनि हामी हाम्रो नया“ नेपाल दैनिक र साथमा धधध।भलबथबलभउब।िअयm का माध्यमबाट तपाईहरुका रुचिका समाचार र विचार पस्कने अभियानमा रातदिन खटेर लागीरहने प्रतिबद्धता दोहोर्याउदछौ ।