२०७७ कार्तिक १०, सोमबार

सम्बृद्धि अभियान ‘लगानिमैत्रि बातावरण बनाउने सरकार प्रमुखको आस्वासन’

सुर्खेत, १४ चैत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निजिक्षेत्रको लागि लगानी मैत्री बातावरण बनाउन प्रदेश सरकार जुनसुकै कदम चाल्न तयार रहेको बताएका छन् ।
सुर्खेतमा कर्णाली प्रदेशका आर्थिक तथा व्यवसायीक सम्भावना र विकासका प्राथमिकता विषयक वहस कार्यक्रममा बोल्दै शाहीले कर्णाली प्रदेशमा अब विकासमा अघि बढ्नुको विकल्प नभएको भन्दै देशकै नमुनाको रुपमा विकासको गति बढाउन सरकार लागिपर्ने शाहीले बताए । पर्यटन,खनिज,जडिबुटी,वन र जलस्रोतमा मात्र लगानी बढाएमा कर्णालीको मुहार बदलिने शाहीको भनाई छ ।

प्रदेश सरकारले आर्थिक निति लगानि मैत्री बनाउने कुरामा ढुक्क हुन निजि क्षेत्रलाई आग्रह गरे । कर्णलीमा भौतिक पुर्वाधारको विकास दु्रत गतिमा गर्न सरकार जस्तो सुकै कदम चाल्न तयार रहेको शाहीको भनाई छ । लगानी गर्ने निजी क्षेत्रलाई सुरक्षाको ग्यारेण्टी गर्न सरकार तयार रहेको बताए ।

कर्णाली प्रदेशको विकास र सम्बृद्धीका लागि प्रदेश सरकारसंग सहकार्य गर्न समग्र निजि क्षेत्र तयार रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवाणी राणाले बताइन् ।सोही कार्यक्रममा बोल्दै राणाले समग्र निजि क्षेत्र र उद्योग वाणिज्य महासंघको तर्फबाट प्रदेश सरकारसंग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता ब्यक्त गरे ।

देशमा राजनैतिक परिवर्तन संगै स्थायी सरकार भएकाले पनि अब निजि क्षेत्रको लागि लगानीको वातावरण बन्ने कुराम आशावादी भएको भन्दै आर्थीक विकास ,शुसासन र श्रमको विकासमा प्रदेश सरकार संग सहकार्य गर्न तयार रहेको राणको भनाई छ ।

कर्णाली प्रदेश यो भन्दा पहिले गरिवी र विकासका हिसाबले पछि परेको भए पनि सम्भावनाका हिसाबले सबै भन्दा धनी रहेको बताए । आर्थिक विकासका आधारहरु धेरै भएको प्रदेश हो भन्दै राणाले स्रोतहरु परिचालन गर्नु पर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।

लगानी गर्नका लागि सरकारले आवश्यक निति तथा कार्यक्रम बनाउनु पर्ने र सुरक्षाको प्रत्याभुति भएमा एकरुपताका साथ सरकारसंग विकासका लागि हातेमालो गर्न निजि क्षेत्र तयार रहेको राणाको भनाई छ । कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक नारायणप्रसाद पौडेलले कर्णाली प्रदेश पछि पर्नुको कारण सुचना, प्रविधि र बजारीकरणको समस्या भएको बताए ।

कम्जोर योजना र न्यून कार्यन्वयन अनि परनिर्भरता हुनु अर्को कारण रहेको वहाको भनाईछ । , सक्षम र दक्ष जनशक्तीको अभाव हुनु सहकार्यको कमी ,सरकारद्धारा अनुगमनमा ध्यान नपुग्नु, र सामाजिक सांस्कृतीक समस्याका कारण पनि कर्णाली पछि परेको उनको तर्क छ ।
कार्यक्रमा बोल्दै नेकपा एमाले संसदिय दलका नेता यामलाल कँडेल ले यथास्थती लाई विश्लेषण गर्नु भन्दा पनि यथास्थीतिलाई कसरी बदल्ने कुरामा बहस हुन आवश्यक रहेको बताए । कर्णाली प्रदेशको पहिलो प्राथमिकता भनेको पुर्वाधार विकास नै भएको र त्यसमा पनि सडक सञ्जालको विकास नै पहिले प्राथमिकता भएको धारणा राखे ।

कस्तो निति र वातावरणमा निजि क्षेत्रले लगानी को ग्यारेण्टी गर्छ त्यसको जानकारी सरकारलाई गराए निति र कानुन बनाउन सजिलो हुने भन्दै कानुन बन्ने समयमा निजि क्षेत्रले त्यसमा चासो गर्न आग्रह गरे ।