२०७७ कार्तिक ९, आईतवार

विकाशमा देशकै नमुना प्रदेश

कर्णाली प्रदेश सरकारले एकपछि अर्को गर्दै प्रदेश विकाशको योजना सार्वजनिक गरिरहेको छ । सरकारले यो क्षेत्रको सम्पुर्ण विकाशका लागि अहिले आफुहरु योजना तहमै व्यस्त भनिरहेको छ । अहीले सरकारी क्षेत्र संगै निजि क्षेत्रको संम्लगनता पनि यस प्रदेशमा जरुरी देखिन्छ । यो प्रदेशको विकाशमा सबैको सयुक्त सहकार्यले मात्र प्रदेश बन्न सक्छ भन्ने कुरा करीब करीब सबैको निश्कर्ष हो ।

यस्का लागि निजिक्षेत्रको लागि लगानी मैत्री बातावरण बनाउन प्रदेश सरकार जुनसुकै कदम चाल्न तयार रहनुपर्छ । कर्णाली प्रदेशका आर्थिक तथा व्यवसायीक सम्भावना र विकासका प्राथमिकतामा व्यापक बहष र अन्तरक्रिया गरेर कर्णाली प्रदेशमा अब विकासमा अघि बढ्नुको विकल्प छैन । यो प्रदेशलाई देशकै नमुना प्रदेशका रुपमा विकास गर्न र त्यो गतिमा बढाउन सरकार दत्तचित्त भएर लाग्नुपर्ने देखिन्छ । विशेषत यो प्रदेशमा पर्यटन,खनिज,जडिबुटी,वन र जलस्रोतमा मात्र लगानी बढाउन सकिए मात्रै पनि कर्णालीको मुहार बदलिन सकिन्छ ।

यस्का लागि प्रदेश सरकारले आर्थिक निति लगानि मैत्री बनाउने कुरामा ढुक्क हुन निजि क्षेत्रलाई भनिरहेको छ । कर्णलीमा भौतिक पुर्वाधारको विकास दु्रत गतिमा गर्न सरकार जस्तो सुकै कदम चाल्न तयार रहेको पनि प्रदेश सरकारले प्रतिबिद्धता जनाईरहेको छ । लगानी गर्ने निजी क्षेत्रलाई सुरक्षाको ग्यारेण्टी गर्न यदि सरकार तयार भयो र कर्णाली प्रदेशको विकास र सम्बृद्धीका लागि प्रदेश सरकारसंग निजि क्षेत्र पनि सहकार्य गर्न तयार रहने हो भने यस्को विकाशका लागि धेरै टाढा जानुपर्ने छैन । संगसंगै मिलेर अगाडि बढौ देशकै नमुना प्रदेश कर्णाली प्रदेशलाई बनाउन सकिन्छ ।