२०७७ कार्तिक ११, मंगलवार

टेड्र यनियन बलियो भए काँग्रेस बलियो हुन्छ : नेता थानि

सुर्खेत ।  नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले टेड्र युनियन सक्रिय बनाउन सकेमात्र काँग्रेस बलियो हुने बताएका छन । नेपाल टेड्र युनियन काँग्रेस सुर्खेतको छैठौ जिल्ला अधिवेशलाई सम्बोधन गर्दै नेता थानिले काँग्रेसका भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न सुझाँब दिए । पुर्बमन्त्री समेत रहेका थानिले विगतका दिनमा भन्दा टेड्र युनियनहरुलाई आगामी दिन थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा साँसद अमृता शाहीले मजदुरहरुको हकहितको लागी आफ्ना श्रीमान संस्थापक अध्यक्ष गणेश शाहीको महत्वपुर्ण योग्दान रहेको भन्दै उनको योग्दानको कदर गर्न आग्रह गरीन् । शाहिले मजदुरहुको हक हितको लागी नेपाल टेड्र युनियनले महत्वपुर्ण भुमिका खेलेको भन्दै यसको लागी आफ्नो तर्फबाट हुने सहयोगको लागी आफु तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले देश संघियतामा गएसंगै जटि अबस्थमा पुगेको भन्दै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । क्षेत्रिय सभापती नारायण कोईरालाले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवाज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगर प्रमुख देबकुमार सुबेदीले मुलुकको आर्थिक विकासको लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिए ।

कार्यक्रममा टेड्र युनियनका पुर्व अध्यक्ष लोकबहादुर बिसी, नेपाल शिक्षक माहसंघका उपाध्यक्ष तिर्थजंग शाही,नेपाली काँग्रेस टेड्र युनियनका कर्णली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरी लगायत विभिन्न जिल्ला जिल्लाका टेड्र युनियनका अध्यक्ष एवम् टेड्र युनियन नेताहरुले युनियनको बारेमा आफ्नो भनाई राखेका थिए ।  कार्यक्रमा नेपाल टेड्र युनियन सुर्खेतका अध्यक्ष जयबहादुर बिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।