२०७७ कार्तिक ११, मंगलवार

बुलवुले सफा गर्दै मुख्यमन्त्री शाहीले भने, ‘काम गर्ने भन्दा अह्राउने धेरै भए ‘

 सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजमा काम गर्ने भन्दा पनि गर्न सिकाउनेहरुकाे जमात ठुलाे रहेकाे बताएका छन । शाहीले यस्ताे चिन्तनले विकास र समृद्धि सम्भव नभएको भन्दै उनले दिमागको फोहोर हटाउनु पर्ने बताए ।

अरुलाई काम अह्राउने तर आफूले काम नगर्ने सोच भएकाहरुको समूह ठूलो भएको भन्दै मुख्यमन्त्री शाहीले अब सोच बदल्नुको विकल्प नभएको बताए । गरी खानेहरुलाई अहिले पनि हेयको दृष्टिले हेर्ने गरिएको भन्दै उनले भने, ‘श्रमको सम्मान गरौं गर्ने बानिकाे बिकाश गर्नुपर्ने बताएका छन् ।

शाहीले भने काम गर्नेलाई सम्मान गरौं, बसीबसी खाने मान्छेलाई घृणा गर्ने संस्कार बसालौं ।’ पर्यटन बर्ष २०७५ घाेषना गर्ने पुर्बसन्ध्यामा शाहीकाे नेतृत्वमा बुलवुले उद्दानमा सरसफाइ समेत गरिएकाे छ ।

बुलवुले तालभित्रै गएर शाही लगाएत सामाजिक बिकाश मन्त्रि दल रावल,अान्तरिक मामिला तथा कानुन मन्त्रि नरेश भण्डारी,भुमि ब्यवस्था कृषी तथा सहकारी मन्त्रि बिमला केसी,भाैतिक पुर्बाधार मन्त्रि खड्क खत्रि लगाएत सरसफाइमा सहभागि भएका थिए । प्रदेश सरकारले प्रत्येक महिनामाे १ र १५ गत्तेलाइ श्रम दिबशका रुपमा मनाउदै अाइरहेकाे छ ।