२०७७ कार्तिक ११, मंगलवार

लगानिय मैत्रि कानुन बनाउ

विकाश भनेको आर्थीक सुचांकहरु संग जोडिने कुरा हो । आर्थीक विकाशले मात्रै समाज र परिवार र हरेक नागरिकमा सबै क्षेत्रको सबै प्रकारको विकाश सम्भव हुनसक्छ । त्यसका लागि लगानिकर्ता भित्राउन जरुरी छ । लगानि कर्ताले लगानि गरेपछि मात्रै चाहेको जस्तो विकास सम्भव छ ।

पछिल्लो समय कर्णाली प्रदेश सरकारले पनि यो क्षेत्रमा लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन । यस क्षेत्रको विकास र सम्बृद्धिका लागि सधै चासो व्यक्त गरेका शाहीले निश्चित अवधिसम्म कर नलगाउने भन्दै छ लगानी नउठुन्जेलसम्म कर नलगाउने गरी प्रदेश सरकारले नीति वनाउने बताए ।

यस क्षेत्रको आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पु¥याउन लगानीकर्ताहरुलाई यो प्रदेशमा लगानी गर्न उनले गरेको आग्रह लगानि मैत्रि वातावरण बनाउने राम्रो प्रयास हो । कर्णाली प्रदेशको समृद्धिका लागि सबै प्रकारका सम्भावना छन । त्यसमा पनि धेरै गर्न सकिने भनेको जलविद्युत क्षेत्रमा लगानि हो । त्यस्ता लगानि कर्तालाई आर्कषीत गर्न लगानी कर्तालाई ढुक्कसँग लगानी गर्न आग्रह गरीएको छ ।

लगानीको सुरक्षा र नाफाको ग्यारेण्टी प्रदेश सरकारले दिने र लगानि कर्तालाई ढुक्कले लगानी गर्न उनले अपिल गरेका छन । ठूलो स्तरको लगानी विना विकास असम्भव जस्तै हुन्छ । प्रदेश सरकारले निति बनाएर यस क्षेत्रमा ठुला भन्दा ठुला देशभित्रका र बाहिरका लगानिकर्ता भित्राउन सकोस । लगानि मैत्रि वातावरण बनाएर काम गरे यो प्रदेशको सम्बृद्धि लिन धेरै टाढा जानुपर्ने छैन ।