२०७७ माघ ९, शुक्रबार

भविष्यमा देश परिवर्तर्न र पिछडीएका बाल बालिकाहरुका लागि लड्छु

DSC00632हरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ ।

केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिधित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा सूर्योदय  बोडिङ् स्कुल कक्षा ८ मा अध्ययनरत छात्रा निशा रुचाललाई भेटाएका छौ ।

प्रस्तुत छ रुचालसँग ईनयाँ नेपालकर्मी नरजङ्ग तामाङ्ले गरेको कुराकानीको संक्षेप :

 कस्तो चल्दैछ पढाई ?
एकदमै राम्रो चलिरहेको छ ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
मलाई लाग्छ । विधार्थीहरुको भावना बुझेर उनीहरुले चाहेको जस्तो कहिले विधार्थीहरुले मनोरञ्जन पनि लिने गर्छन । सधै विधार्थीहरुले बुझने तरिकाले अहिले स्कुलमा साइन्स जस्तो लाइबेरीहरु स्कुलमा ल्यापहरुमा विधालयमा भइदिएको भए पिछडिएको विधार्थीहरुले पनि राम्रोसँग पढछन जस्तो लाग्छ ।

 घरमा कतिको पढनु हुन्छ नि ?
घरमा त्यति पढाई खासै त हुन्न । मैले दिमागले भ्याएसम्म समय मिले सम्म पढछु ।

 अहिले सुर्योदय बोडिङ्घ स्कुलको जुन वातारण छ । यो वातारण पढाईको लागि कस्तो लाग्छ नि ?
मलाई ठिकै लाग्छ त्यो वातावरण अरुको विधालय भन्दा शान्त छ । अनि विधालयको हाम्रो स्क्ुलमा के को छन भने ल्याब छैन । विस्तारै व्यवस्था हुन्छ । खेल मैदान छ । विधार्थीले चाहे जस्तो मार्ग अनुसार कुरा पुरा हुन्छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?
सबै शिक्षक शिक्षिका रामैसँग पढाउनु हुन्छ । माथिल्लो कक्षामा मेजर फाइबर शिक्षकहरु छन । मलाई विज्ञान विषयका सर विबेक खनालले पढाएको राम्रो बुझे जस्तो लाग्छ ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?

म भविष्यमा देश परिवर्तन गर्न देशलाई जुनसुकै तरिकाले पनि सबैको साथ सहयोगमा विकास गर्ने मैले बाल क्लब पनि खोलेको छु । पिछडीएका बाल बालिकाहरुका लागि अधिकार हकको सुनिचित गर्ने मैले योजना बनाएकी छु ।

 तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ । तपाई कक्षामा सार्थीहरु बिचमा पढाएको बुझनु हुन्छ ?
मेरा कक्षामा ३१ जना विधार्थीहरु छन । यदी सार्थीहरुले हल्ला गरेन्न र डिर्सकर्स गरेन्न भने एकदमै पढाई राम्रो हुन्छ । सरहरुले ठुलो स्वरमा पढाउनु हुन्छ । त्यति नै भए राम्रो हुन्छ । जस्तो लाग्छ ।

 तपाई कक्षामा अगाडी बसेर पढिरहदा तपाईका सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लाग्छ ?
यस्तो महसुस हुन्छ कि मलाई त्यस्तो नराम्रो विधार्थीसँग कि त यस्ता विधार्थीलाई सुधानु पर्छ यदि केही गरि भएन भने त्यस्ता विधार्थीलाई रेस्टिीकेट गर्नु पर्छ नराम्रो विधार्थीलाई नराम्रो सँग राम्रोलाई राम्रो हुनु पर्छ यदी म पनि नराम्रो विधार्थीको संगतमा लागे भने म बिग्रिन सम्भावना हुन्छ ।

 तपाईलाई सुर्योदय बोडिङ्घ स्क्ुलका मन नपर्ने पक्षहरु के— के हुन ?
त्यस्तो खासै महसुस भएको छैन । दुई वर्ष मात्र भयो । यो स्कुलमा मैले पढन लागेको एउटा बाहिरी क्रियाकलाप हुन्छ । त्यस्ता विभिन्न विधालयहरुले आयोजना गरेका कार्यक्रममा हाम्रो विधालय कार्यक्रममा भाग लिने अवसरमा समावेश नभए जस्तो लाग्छ । मैले प्रिन्सिपल सरहरुलाई भन्ने गर्दथे । त्यस्ता कुरामा कमि छ ।

 तपाईका कलेजका राम्रा पक्षहरु के—के हुन ?
स्कुलमा कार्यक्रम भए पछि आफना अवसरहरुमा स्कलमा कार्यक्रम बनाएर जान्ने मान्छेलाई अवसर दिएर जस्तै वार्षिक उत्सवमा कुरा राख्न पाइन्छ । जस्तै खेलहरुमा पनि अवसर प्राप्त हुन्छ ।

स्कुल ल्याएको छ इबाक्स राम्रो छ विधार्थीकको ज्ञानको दक्षता बनाउन सहयोग पुगेको छ । प्रोजेक्ट वर्क पनि जस्तै हामीले हटको बारे पढयौ र बुझेनौ भने हटको बारेमा कसरी बुझने भनेर भिडियो माध्यमबाट हेर्नै गछौ । यिनै हुन राम्रो पक्ष हुन ।