२०७७ कार्तिक १०, सोमबार

सहकारी क्षेत्रको विकाशमा प्रतिबद्धता

देशको समग्र अर्थतन्त्रको विकाश नै हो । अर्थतन्त्रको विकाशमा देशका सहकारीहरुको भुमिका महत्वपुर्ण छ । सहकारीहरुले आम नागरिकहरुलाई आर्थीक रुपमा सक्षम गराउने र विकाशका लागि सहकारीहरुको भुमिका अहलिे पनि अहम छ । त्यो मात्रै होइन यस क्षेत्रको विकाशमा यो भुमिका अझ बढेर जाने निश्चीत छ ।

यहि शन्दर्भममा यस क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेका सुर्खेतका नौ वटा सहकारी संस्थाहरु यसवर्ष उत्कृष्ट सहकारीको रुपमा घोषणा भएका छन् । ६१ औँ सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ सुर्खेतले नौ वटा सहकारी संस्थाहरुलाई जिल्लाको उत्कृष्ट सहकारीको रुपमा घोषणा गरेको हो । जिल्लाभरका ६ सय २६ सहकारीहरुमध्ये कार्यसम्पादन मूल्याङ्नको आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला सहकारी संघ सुर्खेतले जनाएको छ ।

यस पटक सहकारीको नियमन गर्ने अधिकार स्थानिय तह सम्म पुगेकाले स्थानिय तहले पनि सहकारीको गतिलो व्यवस्थापन गर्नेगरि योजना बनाउन जरुरी छ । स्थानिय तहको समग्र व्यवस्थापन र सम्बृद्धिका लागि सहकारीहरुको परिचालन र सहकारीहरुको क्षमता अभिवृद्धी जररी छ । राज्यको ३ खम्बे अर्थनिति अनुसार सहकारी निजि क्षेत्र र राज्यको सहकार्य जरुरी छ । त्यसका लागि सहकारीले अग्रमोर्चामा काम गर्नेगरि आम नागरिकको आर्थीक विकाशमा सहायोग पुग्नेगरि काम गरौ ।