२०७७ कार्तिक ११, मंगलवार

फास्टटेकबाट आर्थीक विधेयक पारीत, ‘सांसद आक्रमणको संसदमा विरोध’

सुर्खेत ।  कर्णाली प्रदेशको आर्थिक कार्यविधि विद्ययक २०७४ फाष्ट्र्याक बाट सर्वसम्मतले पारित गरिएको छ । कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्र्तगत बुधकार बसेको नवौ बैठकले कार्यविधि बिद्ययक फाष्ट्रयाकबाट सर्बसम्मतले पारित गरेको हो । मंगलबारकोे बसेको आठौ बैठकमा सैद्धान्तिक छलफल शुरु भएको थियो सैद्धान्तिक छलफल सकिएपछि दफाबार छलफल भएको हो । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले पारितका लागी कार्यविधि सभामा पेश गरेका थिए ।

नियमअनुसार सभामा कार्यबिधि पेश गर्न १२० घण्टाको समयसिमा तोकिएको भएपनि मंगलबार बसेको बैठकमा सैद्धान्तिक छलफलका गर्दै संसादहरुले १२० घण्टा लामो समय भएको भन्दै ७२ घण्टा राख्न सुझाव दिएका थिए । तर बुधबारको बैठकले फाष्ट्रयाक बाट आर्थिक विधेयक पारित गरेको हो । प्रस्तावको पक्षमा सबै संसादहरुको सर्मथन भएपछि सभामुख राज बहादुर शाहीले कर्णाली प्रदेशको आर्थिक कार्यविधि बिद्ययक सर्बसम्मत पारित भएको घोषणा गरे ।

सभामा विद्ययक पारित भएपछि पत्रकारहरु संग कुराकानी गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वाालाले महत्वपुर्ण विद्ययक पारित गर्न सहयोग गर्ने सत्ता र प्रतिपक्ष दलका संसादहरुलाई धन्यबाद दिए । ज्वालाले कर्णाली प्रदेश सरकारको विजनेशको ढोका खोलिएको भन्दै अव तत्काल आउने प्रदेशको बजेटमा, आर्थिक पारदर्शि, खर्चको जबाफदेहिता हुने बताउनुभयो उहाँले आन्तिरिक र अन्तिम लेखापरिक्षण गरेर आर्थिक शुसासण र मितव्यीता कायम गर्ने धारणा राखे ।

यसैविच बुधबारको बैठकमा शुन्य तथा विशेष समय लिएर बोल्ने अधिकांश संसादहरुले सुरक्षा सयन्त्र फितलो र कमजारे भएको बताएका छन । बुधबार विहान भौतिक पुर्वाधार मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड भएको घटनाको निन्दा गर्दै संसादहरुले सरकार नै सुरक्षित नभएको बताएका हुन् । खजुरा बाट बजार तर्फ आउने क्रममा मध्यपश्चिम विश्वविद्यालयको गेट नजिकै आन्दोलनरथ विद्यार्थि संगठनले भौतिक पुर्वाधारमन्त्रीको सवार गाडीमा दैलेखका संसाद धर्मराज रेग्मीलाई लक्षित गरी ढुगां मुढा प्रहार गरेको घटना निन्दनिय भएको भन्दै बुधबारको संसद बैढकमा दोषिलाई तत्काल कार्बाहीको माग गरेका छन ।

विशेष समय लिएर बोल्दै सांसद धर्मराज रेग्मीले आफुलाई लक्षित गरी ढुगां प्रहार गरेको र आफु सिट भित्र लुकेर सुरक्षित भएको बताए । रेग्मीले प्रहरीलाई खबर गर्दा समेत तत्काल प्रहरीले रेस्क्यु नगरेको आरोप लागाए । यस्ता घटना प्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । यस्तै बिशेष समय लिएर बोल्दै सांसद सिता नेपालीले गुण्डागर्दि शैलिमा मन्त्रीको गाडीमा आक्रमण गरिएको भन्दै प्रदेश सरकारलाई तत्काल शान्ति सुरक्षा कायम गर्न विशेष रणनिति अपनाउन आग्रह गरे ।

यस्तै संसादहरु गुलाव जंग शाह ,गणेश सिहँ ,प्रतिपक्ष दलका संसाद अमृता शाही ,पदम रोकाय, रातो कामी, लगायत अन्य सांसद हरुले दिनप्रतिदिन सुरक्षामा खलल पर्ने खालका अपराधिक गतिथविधि बढ्दै गैरहेको ध्यानाकर्ष गराउदै प्रदेश सरकारले शान्ति सुरक्षा कायम गर्न गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताएका छन । बैठकमा बोल्दै आन्तिरिक मामिला मन्त्री नरेश भण्डारीले मन्त्रीको गाडीमा भएको तोडफोडको घटना प्रति सरकार गम्भीर भएको बताए ।

विभिन्न आवरणमा घटना घटाउन खोज्ने जो कसैलाई पनि सरकारले उन्मुक्ति नदिने भण्डारीले बताए । भण्डारीले तत्काल घटनाको छानबिन गरी दोषिलाई कार्बाही गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए । यस्तै बैकमा डोल्पाका सांसद विर बहादुर शाहीले डोल्पाको हुड्केचुलामा पौष २६ गते भएको आगलागीमा १० घर तथा नजिकै रहेको मन्दिरमा क्षति भएकाले तत्काल प्रदेश सरकारले पिडितलाई राहतको व्यबस्था गरिदिन माग गरे ।

दैलेखका संसाद शुसिल थापाले दैलेखको दुल्लु स्थित विभिन्न क्षेत्रमा रहेका खानिहरुको उत्खनन गर्न तर्फ सरकारको ध्यान जान जरुरी रहेको बताए । प्रदेश सभाको अर्को बैठक आउँदो चैत्र २६ गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।