२०७७ कार्तिक ११, मंगलवार

कर्णालीमा हिरा छ कालीगढ छैनन् ः मन्त्री भण्डारी

सुर्खेत ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारले कर्णाली प्रदेशमा हिरा भएकोे तर कालीगढ नभएकाले समस्या भएको बताएका छन् । रारा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा पुग्नुभएका मन्त्री भण्डारीले राराताल जस्ता धेरै हिरा कर्णाली प्रदेशमा रहेका तर संरक्षण प्रचार प्रसार गर्नको लागि कालीगढ नभएकाले ओझेलमा परेका बताए ।

मुगुवासीले पर्यटन वर्षमा स्थानीय उत्पादनलाई कोसेलीको रुपमा पर्यटकलाई उपलब्ध गराउनु पर्ने कृषि तथा शहकारी मन्त्री विमला केसीले बताए । वन तथा पर्यटन उद्योग मन्त्री नन्दसिंह बुढाले कर्णालीको गरिबी र भोकमरीलाई न्यूनीकरण गर्न र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर आयश्रोत वृद्धि गर्न प्रदेश सरकारले २०७५ साल भरि रारामा पर्यटन वर्ष मनाउने निर्णय गरेको बताए ।