२०७७ मंसिर १०, बुधबार

१८ वटा प्राथमिक बिद्यालयहरुमा खानेपानी, सरसफाई तथा स्वच्छता समिति गठन

cropped-cropped-logos-1.jpgदैलेख, भाद्र १ ।
दैलेखका १८ वटा प्राथमिक बिद्यालयहरुमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको छ । बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग र एकिकृत बिकास समाज नेपालको प्राबिधिक सहयोगमा दैलेखका १८ वटा बिद्यालयहरुमा खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिएको हो ।

प्राथमिक बिद्यालयहरुमा बिद्यालय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति गठन गरिरेर समितिका सदस्यहरुलाई ब्यक्तिगत, घरायसी र वातावरणीय सरसफाई, पौष्टिक आहारको महत्व र फोहोरको उचित ब्यवस्थापन बारे जानाकारी गराईएको थियो । खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति संगै बाल क्लबहरु पनि गठन गरिएको छ ।

बाल कलबहरुले बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाई तथा कहिले, किन, कसरी र के को प्रयोग गरेर हात धुनु पर्दछ भन्ने बारेमा सल्लेरीका ६, रुमका ४, पगनाथका ५ओटा र मेहेलतोलीका ३ ओटा प्राथमिक बिद्यालयहरुमा जानाकारी गराईएको बिद्यालय सरसफाई कार्यक्रमका सामाजिक परिचालक दिपेन्द्र रेग्मीले जानकारी दिनु भयो ।

१ सय ६७ बिद्यालयहरुमा सञ्चालित बिद्यालय सरसफाई कार्यक्रम अन्तर्गत दैलेखका १८ वटा बिद्यालयहरुलाई सरसफाई तथा स्वच्छता समन्वय समिति र बाल क्लब गठन गरीएको र स्वच्छता समन्वय समिति र बाल क्लब गठन गर्दा शिक्षक, बिद्यार्थी र अभिभाबकहरुबाट सकारात्मक सहयोग प्राप्त भएको बिद्यालय सरसफाई कार्यक्रमका अधिकृत रमेश खनालले जानकारी दिनु भयो ।