२०७७ कार्तिक १४, शुक्रबार

जुम्लाबासीमा हृदयघातको जोखिम बढ्दो

जुम्ला, चैत २४ – जुम्लामा कम उमेरमै हृदयाघात अर्थात हर्ट अट्याकको जोखिम बढेको पाइएको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौंले गरेको दुईदिने मुटुरोग शिविरमा आएकाहरुको मुटुको परिक्षण गर्दा कम उमेरमै हृदयाघातको जोखिम धेरै पाइएको हो ।

शिविरमा स्वास्थ्य जाँचका लागि गएका वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइरालाले धेरैजसो जुम्लाबासीमा हृदयघात बढाउने खालका लक्षण भेटिएको जानकारी दिनुभयो । शिविरमा १ सय ६८ जनाको उपचार गरिएकोमा धेरैजसोमा उच्च रक्तचाप, दम र मुटुसम्बन्धी रोग पाइएको थियो ।