२०७७ कार्तिक ९, आईतवार

जेसीज धनी बनाउने संस्था हो, धनीहरुको संस्था होर्इन – राष्ट्रिय अध्यक्ष बस्याल

सुर्खेत –  नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले युवाहरुलाई सशक्त ढंगबाट समाजमा सकारात्मक रुपान्तरणका लागि क्रियाशील हुन आग्रह गर्नु भएको छ ।

नेपाल जेसिज एरिया डि शाखाहरुको भ्रमणका क्रममा वीरेन्द्रनगर जेसिज, सुर्खेत महिला जेसिज र वीरेन्द्रनगर जुनियर जेसीजको संयूक्त आयोजनामा आयोजित स्वागत तथा सम्मान कार्यक्रम्मा बोल्दै बस्यालले जेसिज धनिहरुको संस्था नभएको र धनि बनाउन सिकाउने संस्था भएको दावी गर्नु भयो ।

https://www.youtube.com/watch?v=ThytHN4gP8g

बस्यालले जेसिज जेसिज एउटा खुल्ला विश्वविद्यालय भएकाले जुन सुकै युवाहरु सहभागी भएर अध्यान गर्न पाउँने बताउनु भयो । उहाँले यूवाहरुलाई जेसीजको माध्यमबाट क्षमता अभिबृद्धि सँगसँगै सकारात्मक रुपान्तरणको बाटोमा लाग्नका निम्ति आवहान गर्नु समेत गर्नु भएको थियो ।

‘जसले जेसीजप्रति आस्था राख्नु हुन्छ, उहाँहरुको समाजमा नेतृत्व विकास हुन्छ’ राष्ट्रिय अध्यक्ष बस्यालले भन्नुभयो–‘तपाईहरु जेसीजलाई माया गर्नुहोस जेसीजले तपाईहरुलाई साथ दिनेछ ।’ उहाँले नेपाल जेसीजले वर्ष २०१८ का लागि सुरु गरेको हामी चम्कने अभियानलाई सार्थक बनाउनका लागि पनि जेसीज युवाहरुको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नु भयो ।

वीरेन्द्रनगर जेसिजका अध्यक्ष बिटिहोत्र बसिष्टको अध्यक्षतामा भएको उक्त स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी, राष्ट्रिय जेसीज तालिम संयोजक अनिल शाही, पूर्व अध्यक्षहरु, सुर्खेत स्थित तिनओटै जेसिजका पतादिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।