२०७७ कार्तिक ८, शनिबार

पश्चिम रुकुमको चौरजहारी जीप दुर्घटना, ७ जना घाइते

४ बैशाख, काठमाडौं । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-४ मेलैनाउलीमा मंगलबार जीप दुर्घटना भएको छ । विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी-५ मा रहेको विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो

दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा लगायत ७ जना घाइते भएका छन् । वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत भरत शर्माघाइते भएका छन् ।

अन्य दुई जनाको नाम खुलेको छैन् । घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।