२०७७ कार्तिक ३, सोमबार

फुटपाथ व्यावशायीको नगरपालिकामै धर्ना

सुर्खेत । सुर्खेतका फुटपात व्यावशायीले नगरपालिकाको कार्यालयमा पुगेर धर्ना दिएका छन । बुधवार बाट धर्ना शुरु गरेका व्यावसायीहरुले विहिवार पनि धर्ना कार्य जारी गरेका छन । नेपाल श्रमिक स्रोजगार संघले विभिन्न माग राखेर विरेन्द्रनगर नगर कार्यपालिकाको गेटमा शान्तिपुर्ण धर्ना दिएका छन ।

नगरपालिकाले आफुहरुलाई हटाए पनि अहिले सम्म कुनै व्यबस्था नगरेको भन्दै व्यावसायीहरु आन्दोलित भएका हुन । गएको चैत्र १५ गते नगरपालिकाले हामिहरुलाई हटायो तर यत्तिका दिन बितिसक्यो नगरपालिकाले केहि व्यवस्था गरेन धर्ना कार्यक्रममा सहभागी श्रमिक स्वरोजगार संघकी अध्यक्ष पार्वति थापाले बताईन ।

हाम्रो दैनिक गुजार , औषधी उपचार यसरी नै फुटपात पसल गरेर चलेको थियो अव त ठप्प भयो हामिले कसरी गरि खाने अध्यक्ष थापाले दुखेसो गरिन । प्रदेश राजधानीको सुन्दरताका लागी नगरपालिकाले हामिलाई हटाएपनि केहि त बैकल्पिक व्यबस्था गरिदिनु पर्ने हो तर अहिले सम्म केहि पहल गरेन त्यसकारण हामि आन्दालित भएका हौँ थापाले भनिन ।

शान्तिपुर्ण आन्दोलन मार्फत नगरपालिकाले आफुहरुका माग सुनुवाई नगरे थप आन्दोलनका कार्यक्रम मार्फत संघर्षमा उत्रने चेतावनी श्रमीक संघले बताएको छ । विरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएपश्चात नगरपालिका लाई स्वच्छ , सफा बनाउने भन्दै विरेन्द्रनगर नगरपालिकाले पटक पटक सडक छेउमा व्यापार व्यावसाय गर्दै आएकाहरु लाई आदेश दिउको थियो उक्त आदेशको अटेरी गरेको भन्दै गएको चैत्र महिनामा नगरपालिकाले पसलहरु हटाउको थियो ।