२०७७ कार्तिक ११, मंगलवार

प्रदेश अधिबेसन अध्यक्षमा थापा र महासचिबमा शर्माको उम्मेदवारी

सुर्खेत ।  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको पहिलो अधिवेशनका लागी शुक्रबार १८ जनाले विभिन्न पदका लागी उम्मेद्धारी दर्ता गरेका छन । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा नेतृत्वका आँकाक्षी पत्रकारहरुले आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन । जम्मा २१ पदका लागी शुक्रबार पहिलो दिन मात्र १८ जनाले उम्मेद्धारी दर्ता गराएका छन ।

प्रेस चौतारी ,प्रेस युनियन , र प्रेस सेन्टर गरी ३ संगठनको सहमति अनुसार शुक्रबार बाट उम्मेद्धारी दर्ता प्रक्रिया शुरु भएको छ । नेतृत्वका लागी भएको उम्मेद्धारी अन्र्तगत पत्रकार महासंघ कर्णाली प्रदेशको पहिलो अध्यक्षको रुपमा प्रेस चौतारीका दुर्गा थापाले उम्मेद्धारी दर्ता गराएका छन् । हाल सम्म अध्यक्षमा थापाको एक मात्र उम्मेद्धारी परेको छ । उपाध्यक्ष पदका लागी २ जनाको उम्मेद्धारी परेको छ । प्रेस युनियनमा आवद्ध कमल पन्त र(गोविन्द केसीले उम्मेदवरी दर्ता गरेका छन् ।

केसी र पन्त दुवै प्रेस युनियनमा आबद्ध छन् । यस्तै महिला उपाध्यक्षमा प्रेस सेन्टरकी डम्मर आर्चाय , महासचिवमा प्रेस सेन्टरका दिपेन्द्र शर्मा , सचिवमा प्रेस युनियनका प्रकाश उपाध्याय ,दिपक बुढा र समावेसी तर्फ पे्रस सेन्टरका गणेश सिर्पालीले उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षमा प्रेस चौतारीका सुरेन्द्र खत्रीले उम्मेद्धारी दिएका छन् । उम्मेद्धारी दर्ता प्रक्रिया आउदो आईतवार ४ बजेसम्मका लागी तय गरिएको छ । नेतृत्व चयनका लागी चुनाब भने आउदो बैसाख २२ गते हुने जनाईएको छ ।

कर्णाली प्रदेश अनर्तगत १० वटै जिल्लाका पत्रकारहरुले मतदान गर्ने छन । यस्तै उम्मेदवारी दर्ता भएपछि अध्यक्षका उम्मेदवार दुर्गा थापाले आफुको उम्मेदवारी प्रदेशको पत्रकारीताको व्यवसायीक विकाशका लागि भएको बताएका छन् । थापाले आफ्नो कार्यकालमा पत्रकारीताको यस क्षेत्रको विकाशले गती पाउने प्रतिक्रीया दिए ।

त्यस्तै महासचिबका उम्मेदवार दिपेन्द्र शर्माले यस क्षेत्रमा श्रमजिबिहरुको उनन्वय र विकाशका लागि आफुले काम गर्ने प्रतिक्रिया दिए । शर्माले कर्णालीका सञ्चारमाध्यामहरुको विकाश र व्यवसायीक सफलता प्राप्तीका लागि आफुले काम गर्ने धारणा दिए ।