२०७७ कार्तिक ११, मंगलवार

ढिलासुस्ती नगर्न मुख्यमन्त्रीको निर्देशन

सुर्खेत । जनतालाई संघियता आफनै शासन भएको अनुभुति हुने गरि काम गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कालिकोटका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन ।

गृहजिल्ला पुगेका मुख्यमन्त्री शाहीले कालिकोट सदरमुकाम मान्मामा सरकारी कार्यालयका प्रमुखहरुसंगको भेटघाटमा जनताको काममा ढीलासुस्ती नगर्न र खटाईएको कार्यक्षेत्रमा पुगेर काम गर्न निर्देशन दिएका हुन । स्थानीय निकायको निर्वाचन संगै कर्मचारी र जनप्रतिनिधि बिच तालमेलको अभाव देखिएको वताउदै मुख्यमन्त्री शाहीले कर्मचारीसंग रहेको दक्षता र जनप्रतिनिधिसंग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुक विकासको दिशामा लम्कने बताए ।

उहाँले कर्मचारी भेटघाटमा कार्यालय प्रमुखहरुले राखेका जिज्ञासाको जवाफ दिदै कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबिच देखिएको असमझदारी लगाएतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न प्रदेश सरकार तिव्र गतिमा अगाडि वढेको वताउदै मुख्यमन्त्री शाहीले सरकारको स्प्रीटमा कर्मचारी प्रशासन दौड्नु पर्ने आवश्यकता औंल्याए ।
उनले ानुनको अभावमा देखिएका समस्या सामाधानका लागि कानुन निर्माणको कामलाई पनि गति दिन प्रदेश सरकार लागिपरेको वताए ।
कार्यक्रममा जिल्लाको शान्तिसुरक्षाको अवस्थाका बिषयमा जानकारी दिदै प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्ला बिकट र कतिपय गाउँमा प्रहरी युनिट समेत नरहेको अबस्थामा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण रहेको बताए ।