२०७७ कार्तिक १५, शनिबार

अपांग शसक्तिकरणमा पुन शर्मा, केसी सम्मानित

सुर्खेत ।  अपांग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको छ । विगत १३ वर्षदेखि सुर्खेत जिल्लामा रही अपांगता भएको व्यक्तिको सशक्तिकरणका लागि काम गर्दै आएको केन्द्रले अब कर्णाली प्रदेश भर नै आफ्नो कार्यक्षेत्र विस्तार गर्ने भएको हो ।

 शुक्रवार वीरेन्द्रनगरमा डेकको १३औँ वार्षिक साधारणसभा तथा चुनावी सभाको उद्घाटन सत्रमा बोल्दै केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले अब प्रदेशभरीका सात सय बढी अपांगता भएका व्यक्तिको हकमा काम जानकारी दिए ।

अध्यक्ष शर्माले अहिले देशव्यापी रुपमा चलिरहेको भर्ना अभियानमा अपांगता भएका कोही पनि व्यक्तिलाई नछुटाउन आग्रह गरे । अपांगतासँगसँगै विपन्न बालबालिकाको पनि अभिभावकत्व ग्रहण गर्न उनले उच्च पदस्थ व्यक्तिहरुसँग छलफल गरिने पनि बताए । कार्यक्रममा साईनिङ्ग हस्पिटल सुर्खेतका हस्पिटल ईन्चार्ज मंगल थारुले अपांगताको क्षेत्रमा काम गर्न सधैँ सहकार्य गरिने बताए ।

कार्यक्रममा अन्य सहभागीहरुले अपांगताको अधिकार सुनिश्चित गर्नका लागि सबैसँग हातेमालो गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । यसैबिच अपांग सशक्तिकरण केन्द्र सुर्खेतको अध्यक्षमा पुनः विष्णुप्रसाद शर्मा सर्वसम्मत चयन भएका छन ।

शुक्रवार वीरेन्द्रनगरमा भएको केन्द्रको १३औँ चुनावी सभाबाट शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा किमसरा खत्री, सचिवमा पुर्णप्रसाद आचार्य, सहसचिव मोहनमाया थापा र कोषाध्यक्षमा विष्णुपसाद भट्टराई सर्वसम्मत चयन भउका छन ।

यस्तै, सदस्यहरुमा पुर्ण तिवारी, योगेश शाही, मन्जु धमला, चन्द्रा हमाल, तोरण अधिकारी र पिमकली ढकाल रहेका छन । यस्तै अपांग शसक्तिकरण सुर्खेतले आफ्नो १३ औँ बार्षिक साधारण सभाको अवसर पारी सुर्खेत जिल्लामा रहेर अपांगता भएका व्यक्तिहरुको हक अधिकारको विषयमा कलम चलाएर पैरवी गरेको भन्दै पत्रकार चाँदनी केसीलाई सम्मान समेत गरेको छ ।