२०७७ मंसिर १३, शनिबार

लोक सस्कृति हाम्रा सम्पिति हुन : गायिका कोपिला

oधादिङ जिल्ला फुलखर्क गाविस वडा न १ मा, बि सं २०४५ जेष्ठ २७ गते जन्मनु भएकि गायिका हुन कोपिला अधिकारि । गित संगितमा आºनो भविष्य बनाउने सोचका साथ राजधानिमा संघर्षपुर्ण जिन्दगि बिताईरहनु भएकि अधिकारि संग उनका भोगाई र सांगितिक जिवन यात्राका बारेमा पत्रकार बिस्नु फडेराले गरेको कुराकानि ।

१. आजकाल के मा व्यस्त हुनूहुन्छ ?
म दोहोरि सांझमा दोहोरिका श्रोता जसले दोहोरिलाई मन पराउनु हुन्छ , उहाहरुलाई मनोरन्जन दिने काम गरिरहेको छु ।

२ .तपाई लोक दोहोरि क्षेत्रमा कहिले देखि प्रवेश गर्नु भयो ?
म २०६३ साल देखि लोक दोहोरि क्षेत्रमा प्रवेश गरेको हु र निरन्तर लागिरहेकै छु ।

३. तपाईको पहिलो गित कुन हो ? जसले तपाईलाई आम श्रोता दर्शक माझ गायिका भनेर चिनायो ?
मेरो पहिलो एल्बम कस्लाई के भन्छौ र खोई हो । जुन गितमा साथि अबिरल मगर र मेरो आनै श्वर
रहेको छ ।
३ .तपाईलाई यो क्षेत्रमा लाग्न कस्ले प्रेरित ग¥यो ?
दाई पूरुष्त्तोम न्यौपाने ले यो क्षेत्रमा लाग्न सहयोग गर्नु भएको हो । उहाले पोखरा हुदा सहयोग गर्नु भएको हो । उहाकै कारण आज म यहा सम्म आएको छु ।

४. यो क्षेत्रमा लागेरै जिन्दगि गुजार्न सकिन्छ त ?
पहिला त राम्रै थियो । कलाकारले क्यसेट बिक्रि गरेर भएपनि जिविकोपार्जन गर्न सकिन्थ्यो । तर आजकाल धैरै गाहे छ । यो इन्टरनेट , कम्प्यूटर , यूट्यूव , मोवाईल ले गर्दा आजकाल आफु चिनीन कै लागि मात्र गित नीकाल्ने जस्तो अवश्था श्रूजना भएको जस्तो लाग्छ मलाई ।

५. पछिल्लो समय गित संगित क्षेत्रमा बिकृति बढ्यो भन्ने गुनासो आम मानिस को छ नि ? के भन्नु हुन्छ यस बारेमा ।
त्यो मैले पनि देखेको कुरा हो । विशेष गरेर हाम्रो दिदि वहिनिहरुको कारणले धेरै विकृति आको छ । पहिलाको जस्तो भेष भुषा लगायर नाचेको देख्न पाईदैन , पुराना गितहरु सुन्न पाईदैन । लोक गितमा छाडापन ले कब्जा गरेको जस्तो लाग्छ ।

६ .यस्तो विकृति बढ्नुको कारण के होला त ?
विशेष गरेर समय र परिस्थिती हो । यसको मुख्य कारण ।

७. तपाई लोक तथा दोहोरि गित प्रतिस्ठानको मुख्य व्यक्ति हुनुभयो भने कलाकारिताको लागि के गर्नु हुन्थ्यो ?

लोक सस्कृति हाम्रो सम्पति हो । हामिले यस्लाई बचाइराख्नु पर्छ । कलाकारिता लाई पैशा कमाउने भाडो सम्झने हरु र छाडापनका गितहरु धेरै बनाउनेहरु दिन प्रतिदिन मौलाईरहेको अवश्था छ । तपाईले पनि देख्नु भएको होला ।

मेरो जिम्मेवारि कलाकारिता लाई जर्गेर्ना गर्नु हो र मैले त्यस्तो अवसर पाए भने प्रत्येक जिल्लामा विकृति बढाउने खालका गितहरु प्रशारण प्रकाशन गर्न रोक्न आवाज उठाउने छु । विशेष गरि म दिदि बहिनी हरुलाई नै रोक्ने छु , किन भने पछिल्लो समय चर्चामा आउन लाई दिदि बहिनि हरुले छाडापन गित गाइराख्नू भएको छ ।

८ .तपाईले यो वर्ष तिजको कोसेलि केहि ल्याउनु भयको छ ?

तिज गित त छैन किन भने करिव तिज नजिकीसकेको अवश्था छ । तर मैले अडियो धेरै अगाडि ल्याईसकेको गित जस्ले मलाई कलाकार भनेर चिनायो त्येस गितको भर्खरै भिडियो निर्माण भएको छ । जस्मा भुपाल तिमिल्सेना र म आफैले श्वर दिएका छौ ।अव चाडै वजारमा आउदै छ ।

९ .तपाई यउटा अबिबाहित गायिका साउनको महिनामा वर्त कत्तिको बस्नु भयो ?

एउटा कुरा के भने नि म पहिला पहिला धेरै वर्त बस्थे तर घाटा आफैलाई हुने रै छ । भगवान लाई मान्नु पर्छ मान्छु पनि आनो ठाउमा तर वर्त बसेर भोक भोकै रहेर मान्दिन मैले । त्येसै त हामि कलाकार हरुले धेरै कुरा बार्नु पर्ने हुन्छ त्येसैमा आफुले खान मिल्ने कुरा बार्न लाग्यो भने घाटा हुने ठाने मैले । आजकाल तिजको दिन बाहेक वर्त बस्दिन ।

१० .तिजको दिन वर्त बसेर कस्तो वर माग्नु हुन्छ र तपाईले ?

हा…हा…हा …मलाई बुझ्ने , मेरो कला लाई बुझोस , पछिल्लो समयमा दोहोरि साझमा काम गर्दा एक बोरा आलुमा एउटा कुहियो भने सबैलाइ दाग लाग्छ भन्ने स्थिीती छ । मैले जिवन चलाउन दोहोरिमा काम गर्नु पर्छ त्यसैले यो क्षेत्र लाई बुझेको होस भन्ने चाहान्छु ।

११ .त्यस्तो व्यक्ति भेटाउनु भयो त ?

हे भेटाको छु । तपाईलाई भन्छु मैले । मेरो मान्छे यो क्षेत्रमा हुनुहुन्न तर यो क्षेत्र लाई बुझ्नु भाको छ । अब फागुनमा बिहे हुदैछ हाम्रो ।

१२ भगवान शिव जस्तै वर पाउ भनेर आनो ज्यान जोखिम राखेर वर्त बस्ने दिदि बहिनि हरुलाई के भन्न चाहानु हुन्छ ?

म त केहि भन्दिन किन भने सबैको आ आनै चाहाना हुन्छ । भगवान आनो आत्म मा हुन्छन , आत्मलाई सन्तुष्टि गरायो भने भगवान सन्तुष्ट हुन्छन रे । आनो ज्यान मारेर बर्त नबस्दा नै ठिक हुन्थ्यो कि भन्न चाहान्छु ।

१३ .तपाईलाई मन पर्ने कलाकार सम्झनु पर्दा ?

गयिका विमा कुमारि दुरा , शर्मिला गुरु¨ अनि लक्ष्मि न्यौपाने गायकमा सबै भन्दा त पुरुष्त्तोम न्यौपाने लाई सम्झिन चाहान्छु । २०६२ सालमा उहाको गित गाउदा पोखराको दिपशिखा दोहोरि साझमा काम गर्ने अवसर मिल्यो र त्यो दिनबाट म दोहोरि क्षेत्रमा प्रवेश गरेको हु । अनि बिष्णु खत्रि पनि मन पर्छ । जिवन दाहाल लाई पनि म बिर्सन सक्दैन ।

१४. तपाई कति सालमा स्टेजमा चढेर गाउनु भयो ?

२०६२ साल फागुन महिनामा पहिलो चोटि स्टेजमा गायको थिए ।

१५ .पुराना कलाकार हरु लाइ नया कलाकारले बिस्थापित गरेको जस्तो देखिन्छ नि आजकाल के भन्नु हुन्छ ?

नया कलाकारले स्थान लिएको अवश्य हो । पुराना कलाकारहरु आनै बाध्यताका कारण हराउदै गयको जस्तो पनि लाग्छ तर पुराना कलाकारहरुलाई व्स्थिापित नहोस भनेर नै लोकदोहोरि प्रतिश्ठान गठन भएको छ , त्यस्तै बिभिन्न अर्वाड कार्यक्रम हरुको आयोजना गरिन्छ ।