२०७७ कार्तिक ५, बुधबार

प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद द्धारा स्वीकृत

वैशाख, सुर्खेत ।  कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरि प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । आज वसेको वैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भुमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

यसैगरी मन्त्रीपरिषद वैठकले अन्य तिनवटा विधेयक तर्जुमाका लागि सम्वन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि प्रवक्ता केसीले वताउनुभयो । वैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तीक सहमति दिने निर्णय गरेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।

वैठकपछि संचारकर्मीसंग कुराकानी गर्दै प्रवक्ता केसीले भौतिक पुर्वाधार विकास मन्त्रालयद्धारा पेश गरिएको जलश्रोत उपयोग विधेयक २०७५ को मस्यौदा र प्रदेश सडक वोर्ड विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पनि वताउनुभयो । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम वैशाख १० गते संसदमा प्रस्तुत गर्ने तयारी रहेको वताईएको छ ।