२०७७ कार्तिक १५, शनिबार

डोल्पामा जिप दुर्घटना एकको मृत्यु

डोल्पा – हिमाली जिल्ला डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ५ मा पर्ने करोपगाडमा जिप दुर्घटना भएको छ ।  आज बिहान ९ बजेतिर खदाङको हरियापानीबाट यात्रु बोकेर छिमेकी जिल्ला रुकुमको गोतामकोट तर्फ गईरहेको लु १ च ५४६६ नंबरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नपा वडा नं ९ बस्ने वर्ष ६० की रामकला जैसी रहेकी छन् । त्यस्तै घाइते हुनेमा दैलेख चामुण्डाबिन्द्यासैनी नगरपालिका वडा नं ९ बस्ने चालक बिरबहादुर थापा, डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ५ बस्ने बर्ष २७ की बिष्णुरुपा बोहोरा र रुकुम जिल्ला आठबिसकोट नगरपालिका अन्तर्गत वडा नं ६ बस्ने १८ वर्षीय जयबहादुर थापा रहेको जिप्रका डोल्पाका प्रहरी नायव निरीक्षक यामबहादुर मल्लले जानकारी दिनु भयो ।