२०७७ कार्तिक ४, मंगलवार

भ्रष्टाचार विरोधी अभियान

सुशासनका लागि विकाशका लागि भ्रष्टाचार मुक्त समाज निर्माण महत्वपुर्ण हुन्छ । सबै प्रकारको विकाश भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलतामा मात्रै सम्भव छ । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएतका निकाय सक्रिय छन । यि सयन्त्रबाट मात्रै भ्रष्टाचार विरुद्धको लडाई लड्न सम्भव छैन ।

विकट भन्दा विकट क्षेत्रमा पनि भ्रष्टाचार मौलाउदो छ । यो दुखद हो । त्यसका लागि भ्रष्टाचार निबारण गर्न बिनाईएको अख्तियार दुुरुपयोग अनुसन्धान आयोगको उपस्थीति गाउसम्म पनि पुगेको छ । यस क्षेत्र हेर्ने गरी सुुर्खेत कार्यालय सञ्चालनमा छ । कर्णाली प्रदेशकै सबैभन्दा विकट क्षेत्र हुुम्लाबाट पनि यो कार्यालयमा उजुरीहरु परेका छन् ।

जिल्लाबाट कार्यालयमा परेका भ्रष्टाचार सम्वन्धि उजुुरीलाई २ महिनामा किनारा लगाउने तयारी भैरहेको छ । अनुसन्धानका क्रममा हुम्ला जिल्ला आएका अख्तियारको टोलीले अख्तियारमा परेका उजुरीहरु अब २ महिना भित्रै किनारा लगाउने जनाएको छ । चालु आर्थिक वर्षको ९ महिनामा हुम्ला जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा ५३ वटा उजुरी दर्ता भएको जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धानमा परेका ५३ वटा उजुरीमा १९ वटा किनारा लगाइएको र बाँकी ३४ वटा आगामी २ महिनामा फछयौट गरिने अख्तियार अनुसन्धानका कार्यालय सुर्खेतका प्रमुख रबिराज पन्थले बताए । रुकुम सहित कर्णाली प्रदेशका १० जिल्ला सहित ११ जिल्ला मध्य अख्तियारमा उजुरी पर्नेमा हुम्ला जिल्ला पाँचौ स्थानमा परेको छ ।

अख्तियारमा परेका उजुरी मध्य शिक्षाका १३ संघिय मामिला तर्फ १३ स्वास्थ्य तर्फ ९ सिचाई तर्फ ८ शान्ति तथा पुःन निर्माण तर्फ ३ उर्जा तर्फ २ नागरिक उडड्यान तर्फ २ खानेपानी तर्फ १ महिला तथा बालबालिका तर्फ १ र युवा तथा खेलकुदमा १ वटा रहेको पन्थीको भनाई छ । नियमानुसार उजुरी परेका ३ महिना भित्रै छानबिन गरी मुद्धाको किनारा लगाउनु पर्ने भएपनि भौगोलिक कठिनाईका कारण अब जेठ महिना भित्रै सबै मुद्धा किनारा लगाउने अख्तियार दुरुपयोग टोलीले जनाएको छ ।

यस्का लागि अख्तीयारको सक्रियतालाई स्थानिय स्तरबाट पनि सघाउन जरुरी छ । हुम्ला एउटा प्रतिनिधिी जिल्ला हो सबै जिल्ला र सबै क्षेत्रमा भैरहेको भ्रष्टाचार अन्त्य गर्न सबै लागौ ।