२०७७ कार्तिक १४, शुक्रबार

प्रदेश सरकारको निति तथा कार्यक्रम,’भौतिक पुर्वाधार,पर्यटन र कृषीमा जोड’

सुर्खेत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्ष २०७४÷०७५ को ३ महिने निति तथा कार्यक्रम सोमवार संसदमा प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्र्तगत सोमवार बसेको ११ औँ बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले चालु आर्थिक बर्ष २०७४÷०७५ का निति तथा कार्यक्रम प्रस्तुत गरेका छन ।

नेपालको वर्तमान संविधानको धारा १८४ एवम कर्णाली पदेश सभा नियमावली २०७४ को नियम ३५ बमोजिम प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली प्रदेशको निति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका हुन । प्रदेश प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रममा बहुजातिक ,बहुभाषीक र भौगोलिक विविधता भएको कर्णाली प्रदेशमा समाजबाद उन्मुख दिगो विकास अवधारणको विकास गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कर्णाली प्रदेशका जनताको दिगो शान्ति र सु व्यवस्था कायम गर्ने ,प्रदेशको अर्थतन्त्रलाई सम्पन्न र मजबुद बनाउन प्रदेशमा रहेको प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरिने बताईएको छ । सडक सञ्जालले नछोएको प्रदेका डोल्पा र हुम्लालाई छिटै सडक सञ्जाल विस्तार गर्ने निति तथा कार्यक्रम उल्लेख छ । कृषी पर्यटन र भौतिक पुर्वाधारलाई जोड दिएएको निति तथा कार्यक्रमले संघिय सरकारले सञ्चालन गरेका कतिपय पुराना कार्ययोजना निरन्तरता दिने उल्लेख गरेको छ ।

कर्णाली करिडोर समयमै निर्माण गर्ने ,संघिय राजधानी संग सिधा हवाई सेवा जोड्ने ,क्षेत्रिय स्तरको विमानस्थल निर्माण गर्ने निति तथा कार्यक्रम रहेका छन । प्रदेशको मुख्य आर्थिक स्रोत पर्यटन भएकाले विभिन्न पर्यटकयि स्थलको प्रचार प्रसार गरी आन्तिरकि तथा बाह्य पर्यटक भित्रयाउन पहल गर्ने , जनता संग मुख्यमन्त्री कार्यक्रम लाई प्रभावकारी रुपमा सञ्चालन गर्ने , भ्रष्टाचार लाई शुन्य सहनशिलता बनाई भ्रष्टाचार मुक्त प्रदेश बनाईने निति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै प्रदेश अनर्तगत रहने मन्त्रालयको संस्थागत सुधार गरी मन्त्रालयका काम कार्बाही छरितो रुपमा जनमुखि बनाईने , प्रदेशका महिला , दलित जनजाती लगायत पिछडिएका वर्ग समुदाएको शसक्तिकरणका लागी बिशेष योजना बनाईने बताईएको छ । १ स्थानिय तह १ घरेलु उद्योगको स्थापना गर्ने स्वदेशी र स्थानिय उत्पादित सामा्रगीलाई प्रोत्साहन गर्ने खालका योजना निति तथा कार्यक्रममा रहेका छन ।

कालो बजारी ,चोरी, पैठारी जनताको सेवा प्रवाहमा अनियमितता हुन नदिन नागरिक गुनासो सुनुवाईका लागी निशुल्क टोल फ्री नम्बर व्यवस्था गर्ने ,सडक दुर्घटना रोक्न नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्ने निति तथा कार्यक्रम रहेका छन । कर्णाली प्रदेशमा निर्माणधिन अवस्थामा रहेका बेतान कर्णाली , फुकोट ,नलसिंङ गाड जस्ता जलविद्युत परियोजनाको निर्माण कार्य समयमै गरेर ५ बर्ष भित्र प्रदेशका सबै स्थानिय तहमा विद्युत सेवा पु¥याउने साथै सबै स्थानिय तहमा खानेपानीको सुविधा र सिचाँईको व्यबस्था गर्ने लक्ष्य राखिएको छ ।

राष्ट्रिय गौरबको आयोजना भेरी बबै डाईभर्सनको निर्माण पछि प्रभावित क्षेत्रका नागरिकलाई उचित व्यवस्थ गर्ने । स्वास्थ सेवा अन्र्तगत प्रत्यक जिल्ला तथा स्थानिय तहमा अस्पताल स्थापना गर्ने ,क्षेत्रिय अस्पतालालई मेडिकल तथा श्षिण अस्पताल बनाउने योजना रहेको छ औषध िउत्पादक उद्योगलाई प्रोत्साहन गर्ने नितिमा उल्लेख छ । प्रत्यक ज्ल्लिामा व्यावशायीक तथा सिपमुलक प्राविधिक विद्यालयको स्थापना गर्ने योजना रहेको छ ।

क्षेत्रीय अस्पताल,मध्यपश्चिम विश्वविद्यालयल र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारको मातहतमा ल्याउने उल्लेख छ । प्रदेशलाई अर्गानिक प्रदेश बनाउने योजन अनुरुप रैथाने बालिको संरक्षण गर्ने र किसानहरुका निम्ति विभिन्न तालिम तथा उन्नत कृषिमा आर्कषण गर्ने योजना रहेको छ । १ बर्ष भित्र टुहुरा तथा सडक बालबालिकाको पहिचान गरी उनिहरको उचित पालन पोषण गर्ने पनि बताईएको छ ।

गैर सरकारी संस्थाको कार्य व्यवस्थीत गर्ने ,लोकउन्मुख राउटे जातिको उत्थान गरिने ,प्रत्यक जिल्लामा १ वटा खेलकुद रगंशाला तथा उच्च ठाउँमा हाईअल्टीच्युडको स्थापना गर्ने , प्रदेशमा ईन्टरनेट सेवालाई विस्तार गरी नागरीकको सुचनाको हकको प्रत्याभुत गर्ने निति तथा योजना रहेका छन । यसैबिच प्रदेश प्रमुख दुर्गाकेशर खनालले निति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रदेश सभाका सभामुख राज बहादुर शाहीले बैठक आघा घण्टाका लागी स्थगित गरेका थिए ।

पुनः कर्णाली प्रदेशको पहिलो अधिवेशनको १२ औँ बैठक लगत्तै सञ्चालन भएको हो । १२ औ बैठकको प्रारम्भमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहलिे प्रदेश प्रमुखले प्रस्तुत गरेको निति तथा कार्यक्रम सभामा टेबुल गरे ।

मुख्यमन्त्री शाहलिे टेबुल गरेको निति तथा कार्यक्रममा संसाद गलाब जंग शाहाले धन्यबाद सहित सर्मथन जनाए । संसाद गुलाब जंग शाहाले गरेको धन्यबाद ज्ञापनमा नेपाली कांग्रेसका संसाद यज्ञ बहादुर विसी र नेकपा माओबादीको तर्फबाट संसाद धर्मराज रेग्मीले उक्त धन्यबादलाई सर्मथन गरेका छन् ।

सभामा उपस्थित सबै सांसदहरुले सभामुखले संसदमा निर्णयार्थ पेश गरेको सरकारको निति तथा कार्यक्रमलाई सर्बसम्मतले सर्मथन गरेपछि सभामा पेश भएको छ । प्रदेश सभाको अर्को बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।