२०७७ कार्तिक ११, मंगलवार

सिम्ताका वडाहरुमा तालीम

सुर्खेत ।  बालविवाह न्यनिकरण तथा किशोरीहरुको नेतृत्व विकास गर्ने उदेश्यले सुर्खेतको सिम्तामा ३ दिने किशोरी सम्बाद तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ । सिम्ता गाउँपालिका अन्र्तगत ९ वटै वडा बाट ३ —३ जना किशोरीहरु लाई सहभागी बनाएर क्षमता विकास तथा बालबिवाह रोकथाम सम्बन्धि तालिम दिईएको हो ।

तालीम सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाही ,सिम्ता बहुमुखि क्याम्पस प्रमुख वकिल बस्नेत, र ईलाका प्रहरी कार्यलय बादेपिपलका ईन्र्जाज दमोदर अधिकारीले उपस्थित किशोरीहरुलाई तालिम तथा प्रशिक्षण दिएका छन् । यसैबिच सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकाएका व्यक्तिहरुका लागी बिपद जोखिम न्यनिकरण तथा व्यवस्थापन सम्बन्धि अधिमुखिकरण तालिम पनि सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ ।

सुन्दर नेपाल संस्थाको आयोजना र सिम्ता गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा विपद को पुर्व तयारी र विपदका बेला अपनाउनु पर्ने उपायका बारेमा गाउँपालिका जाप्रतिनिधि लाई तालिम दिईउको सिम्ता गाउँपालिकाका प्रवक्ता टेक नारायण विश्वकर्माले जानकारी दिए ।