२०७७ कार्तिक ५, बुधबार

महिला जेसीज द्वारा निःशुल्क दन्त शिविर

सुर्खेत । सुर्खेत महिला जेसीजले मंगलवार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तरगत चौथो दिन दन्त शिविर सम्पन्न गरेको हो । समुदायमा आधारित बाल विकास केन्द्रका २६ जना बालबालिकाको दन्द परिक्षण गरेको सुर्खेत लेडी जेसीज वर्ष २०१८ की अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो । जस मध्ये ८ जना नानीहरुको दाँतमा जटिल समस्या देखिएको छ । दन्त चिकित्सक योगेन्द्र शाहीले विद्यार्थीहरुको दन्त परिक्षणे तथा स्वास्थ्य संयोजक ज्ञानु गौतमल सहजीकरण गरेकी थिइन् ।

शाखा अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष सीमा चन्द तथा विशिष्ट अतिथि पूर्व अध्यक्ष ज्योति पौडेल रहेकी थिइन् ।
यसैगरी, साँझ सुर्खेत लेडी जेसीज र वीरेन्द्रनगर नगरपालिकाको सयुँक्त आयोजनामा ११ औँ गणतन्त्र दिवसको अवसर पारेर दीप प्रज्वलन गरिएको छ ।
सुर्खेतको पीपल चौतारीमा गरिएको दीप प्रज्वलन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी र उपमेयर मोहनमाया ढकालको समेत सहभागिता रहेको थियो ।