२०७७ मंसिर १६, मंगलवार

शन्दर्भ : मपको स्ववियु निर्बाचन

cropped-logosदेशैभरी एकप्रकारको सरकारी रौनक छ । अस्थिर बनिरहेने नेपाली राजनितिमा प्रधानमन्त्रीपछि अब मन्त्रिहरु को को हुने र कुन कुन मन्त्रालयमा कस कसले के जिम्मेवारी लिने भन्ने कुरा प्राथामीकताका साथ अगाडि बढेको देखिन्छ । त्यो जिम्मेवारी सहित समग्र राजनितिको राष्टीय नितिदेखी अन्य नितिका बारेमा पनि बहस र चर्चा चलिरहेको छ । तर सुर्खेतमा भने मध्यपश्चिम विश्वद्यिालयको स्ववियु निर्बाचनका विषयमा चर्चा परिचर्चा चलिरहेको छ ।

विश्वविद्य ालयमा अब कुन संगठनले जित्ने या जिताउने भन्ने खेलमा विश्वविद्यालयको प्रशासन आन्तरीक रुपमा लागिरहेको छ भने बाह्य रुपमा राजनितिक दलहरु देखी समग्र क्षेत्र लागिरहेको देखिन्छ । मुख्य त स्ववियु निर्बाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी,एमाले निकट अनेरास्ववियु र नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघको प्रतिस्प्रधा देखिन्छ ।

अघिल्लो स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र मनेविसंघले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आधार क्याम्पस तत्कालिन वीरुेन्द्रनगर बहुमखीमा बराबर भोट प्राप्त गरेका थिए । त्यतिवेला क्रान्तिकारीकातर्फबाट केशबहादुर शाही सभापति बनेका थिए । यस वर्ष पनि अखिल क्रान्तिकारीको जित हुने दावी गरिएको छ । यसपटक मप विश्वविद्यालयमा स्पष्ट जित हुने अखिल क्रान्तिकारीको दावी छ ।

नयाँ शक्ति निकट विद्यार्थीका अध्यक्ष हर्कदेव अधिकारी क्रान्तिकारीमा प्रवेश गरेपछि क्रान्तिकारी झनै उत्साहित भएको छ । यस्तै अन्य केही संगठनका नेतृत्व गरिरहेका विद्यार्थीहरुका केन्द्रिय नेतृत्व पनि अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन । क्रान्तिकारीको निर्बाचन घोषणा सभाको रौनक हेर्दा पनि उनिहरुको संगठन सशक्त रुपमा अगाडि बढ्ने देखिन्छ ।

तिनवटा संगठनका विचमा हुने प्रतिस्प्रधाका लागि अहिलेसम्म एमाले निकटको नेपाल विद्यार्थी संघ र नेपाली काग्रेस निकटको अनेरास्ववियु उम्मेदवार छनौटमै अड्कीएका छन । उनिहरुको अर्कमण्यताले राजेन्द्र बुढा नेतृत्वको टिमलाई सहयोग हुने देखिन्छ । जे होस जो आएपनि स्ववियु नेतृत्व समग्र विश्वव्द्यिालयको सर्बोपरि हित र शैक्षीक विकाशमा एउट गतिलो सुधार ल्याउने प्रशासनको प्रतिपक्षको रुपमा आओस शुभकामना ।