२०७७ कार्तिक ६, बिहीबार

मन्त्रीकाे  स्थलगत  अनुगमन ‘ठुला जहाज २४ घण्टा चल्ने विमानस्थल बनाउने तयारी’

धर्मराज जिसी / सुर्खेत, जेठ । नागरिक उड्डयन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले अंग्रेजी महिना जुन भित्रमा राजधानी काठमाडौं बाहिरबाट छिमेकी देशमा हवाई सेवा शुरु गर्न लागेको बताएका छन् । कर्णाली प्रदेशका विमानस्थलहरुको अवस्था, सम्भावना तथा चुनौतीहरुको अध्ययन गर्न सुर्खेत पुग्नुभएका मन्त्री अधिकारीले काठमाडौं बाहिर नेपालगंज, विराटनगर , धनगढी जस्ता ठाँउबाट यो अंग्रजी जुन महिला भित्र छिमेकी देशहरुमा सिधा हवाई सेवा शुरु गर्ने सरकारको तयारी भईरहेको बताएका हुन् । कर्णाली प्रदेश अन्र्तगत विमानथल विकास विस्तारका सम्भावना तथा चुनौती विषयक अन्र्तकृया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

कर्णाली प्रदेशका लागि सुर्खेत उपत्यका भित्र अन्र्तराष्टिय मापदण्डको विमानस्थलको सम्भावना नभएको निष्कर्षमा नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय पुगेको भन्दै अधिकारीले उपत्यका बाहिर नै सम्भावनाको खोजी भईरहेको र रि म्यापिङ्ग गर्न लागिएको जानकारी दिए । सुर्खेत उपत्यका भन्दा बाहिर कुन ठाँउका विमानस्थल बनाउने भन्ने कुराको टुङ्गो २÷३ दिनमा नै लाग्ने अधिकारीले बताए ।

‘कर्णालीमा कम्तििमा ७० देखी १०० सिट क्षमता भएका जहाज बस्ने र नाईट पार्किङ्ग गर्ने तरिकाले विमानस्थल बनाउनका लागि सरकारले योजना बनाईरहेको छ,’ उनले भने ‘कुनै सिजनमा हैन १२ महिना नै ठूला विमान संचालन गर्ने गरी तयारी अघि बढाईएको छ । ’ कर्णाली कै हिमाली क्षेत्रमा कुन ठाँउमा हुन्छ एउटा ठूलो विमान बस्ने गरी विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन पनि छिट्टै गरिन लागेको जानकारी अधिकारीले जानकरी दिए ।

उनले भने ‘कर्णालीको पर्यटनको विकासका लगि केन्द्र हरेक तरिकाले सहयोग गर्न तयार छ, जसका लागि कर्णालीका अन्य विमान स्थलको स्तर उन्नती गर्न पनि सरकारले योजना ल्याईरहेको छ ।’ एयरपोर्ट बनाउदा भविष्य, प्रभाव र पहँुचलाई आधार बनाएर मात्र बनाउनु पर्ने वनको तर्क छ । कर्णालीमा बजेट पर्यटनमा नछुट्टाएको गुनासो प्रति संकेत गर्दै मन्त्री अधिकारीले बजेटको चिन्ता नगर्न आग्रह गरे ।

कति बजेट भाषणमा नआएको बजेटमा हुन्छ, कति भाषणमा आएको कुरा बजेटमा नपरेकोहुन सक्छ, उनले भने ‘नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयको पहिलो प्राथमिकता कर्णाली प्रदेश नै हो ।’ उनले अघि थपे ‘त्यसमा पति कर्णाली को पर्यटन नै हो, बजेटको चिन्ता नलिन आग्रह गर्दछु ।’ अहिले नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले बजेट बनाईरहेको भन्दै कर्णालीले बजेटको चिन्ता मान्नुपर्ने अवस्था नहुने मन्त्री अधिकारीको भनाई छ । संघिय सरकारको योजना भएकाले नामै किटेर बजेट नआए पनि अब प्रदेश सरकारको बजेटमा किटानी भएर नै बजेट आउने उनको तर्क छ । अहिलेको सरकार कुरा भन्दा पनि रिजल्ट आउने गरी काम गर्न लागिरहेको अधिकारीको दावी छ ।

कार्यक्रममा पूर्व नागरिक उड्डयन तथा पर्यटन मन्त्री तथा प्रदेश सभाका सांसद यामलाल कँडेलले प्राविधिक रुपमा जुन ठाँउमा विमानस्थल बनाउदा राम्रो हुन्छ त्यही ठाँउमा बनाउनु पर्ने बताए । उनले कर्णालीलाई पर्यटन तथा हवाई सेवाका लागि पहिलो प्राथमिकतामा पार्नु पर्ने भएकाले पनि त्यसमा ढिला भएको प्रति गुनासो गरे । त्यस्तै अर्का पूर्व पर्यटन मन्त्री तथा प्रदेश सभा सांसद जीवन बहादुर शाहीले कर्णालीमा अन्तराष्ट्रिय विमानस्थल नभएर अन्तराष्ट्रिय मापपदण्ड भएको विमानस्थल बनाउन तर्फ ध्यान जानुपर्नेए बताए ।

पूर्व पाईलट समेत रहेका शाहीले सुर्खेत उपत्यका भित्र भन्दा पति उपत्यका बाहिर नै त्यस्तो विमानस्थल बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा अन्य सहभागीले बजेटको लागत नहेरी दिर्घकालिन महत्वलाई हेरेर मात्र विमानस्थल बनाउन माग गरेका छन् । साथै राजनैतिक स्वार्थ भन्दा माथी उठेर प्रदेशको विकास र सम्बृद्धीलाई ध्यान दिएर मात्र काम गनए आग्रह गरेका छन् । उनीहरुले आयोजनाको डिपीआर गर्दा कोठामा बसेर नबनाउन पनि आग्रह गरेका छन् ।

मन्त्री लगाएतको टोलि मंगलबार नै भेरि गंगा स्थीत मदाने चौरमा पुगेर सम्भाव्यता अध्धयन गरेको छ । मन्त्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहि लगाएतको टोलि स्थलगत अध्धयग गरेको हो । मन्त्री अधिकारीले छिट्टै विमानस्थल बनाउने स्थान टुगो लगाएर निर्माणको काम थालिने समेत बताए ।