२०७७ मंसिर १३, शनिबार

अखिल क्रान्तिकारीको मप विश्वविद्यालयमा स्ववियु चुनावी सभा, विजयी भइसकेको क्रान्तिकारीको घोषणा

14045312_1066737210106222_43180134_oसुर्खेत, भदौ २ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकैसंगै अखिल –क्रान्तिकारी) ले बुधबार औपचारिक रुपमा चुनावी घोषणा सभा गरेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पहिलो पटक हुन लागेको स्ववियु निर्वाचनको प्रचारप्रसारका क्रममा अखिल (क्रान्तिकारी) ले बुधबार चुनावी घोषणा सभा तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा अखिल क्रान्तिकारीका नेताहरुले मप विश्वविद्यालयमा क्रान्तिकारीले स्ववियु निर्वाचनमा विजयी भइसकेको दावी गरेका छन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं युवा नेता लेखनाथ न्यौपानेले अखिल (क्रान्तिकारी) विजयी भइसकेको भन्दै अब मप विश्वविद्यालयको समृद्धिका लागि काम गर्ने बताए । यसै सन्दर्भमा उनले निवर्तमान प्रधानमन्त्री केपि शर्मा ओलीले राष्ट्रियता जस्तो संवेदनशील विषयलाई हावादारी उखान टुक्का मार्फत कमजोर बनाएको आरोपसमेत लगाएका छन् ।

न्यौपानेले भने,‘हिमाल,पहाड,तराई जोड्ने प्रगतिशील राष्ट्रवाद आजको आवश्यकता हो, पहाडीया राष्ट्रवादको एकहोरो रटानले मुलुकलाई कहिल्यै बलियो वनाउंदैन । ओलीलाई कटाक्ष गर्दै न्यौपानेले थपे–‘मान्छेहरु टाउको, जिब्रो र हृदय गरी तिनवटा ठाउँबाट बोल्छन । त्यसमध्ये ओली चाहिँ केवल जिब्रोवाट मात्र बोल्छन्न,उनको टाउको र हृदय खास चल्दैन ।’’

चुनावी सभामा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले पनि मप विश्वद्यिालयमा क्रान्तिकारीको जित भइसकेको भन्दै क्रान्तिकारीले मप विश्वविद्यालयलाई फूलाउने, फलाउने जिम्मेवारी लिने बताए । उनले भने,–‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय हामीले जन्माएको हुनाले यसलाई फलाउने, फुलाउने जिम्मेवारी पनि हाम्रो हो ।

न्यौपानेले भने,–‘हामीले चुनाव जितिसकेका छौ, अब विश्वविद्यालयलाई पलाउनतर्फ लाग्नु पर्दछ ।’’ कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेत, उपाध्यक्ष पञ्चा सिंह, सभापतिका उम्मेदवार राजेन्द्र बुढा लयायत पनि आफ्नो भनाई राख्दै अखिल (क्रान्तिकारी) लाई विजयी हुनबाट अब कसैले रोक्न नहुँने बताएका थिए । कार्यक्रममा बरिष्ट संगीतकार तथा गायक चेतन सापकोटा, गायिका भुमिका गिरी, गायक प्रदिप रोका, सुकदेव अधिकारी लयायतले विभिन्न साँस्कृतिक प्रस्तुतिका साथ विद्यार्थीहरुलाई मनोरञ्जन पनि प्रदान गरेका थिए ।

सोही कार्यक्रममा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संगठन (नेक्राविसं) का केन्द्रीय सदस्य एवं मध्यपश्चिम विश्वविद्यालयका संयोजक प्रकाश जैसी,नयाँ शक्ति विद्यार्थी युनियनका मध्यपश्चिम विश्वविद्यालय संयोजक हर्कदेव अधिकारी, राप्रविसंका केन्द्रीय सदस्य उत्तम लामिछाने लयायतका दुई दर्जन विद्यार्थीहरु अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका थिए ।

कार्यक्रम अखिल क्रान्तिकारीको स्ववियु अध्यक्षका उम्मेदवार राजेन्द्र बुढाको अध्यक्षमा सम्पन्न भएको हो । यसैबीच मप विश्वविद्यालयमा स्ववियु निर्वाचन स्वच्छ निष्पक्ष नभएको भन्दै विप्लब माओवादीको विद्यार्थी संगठनले आपत्ती जनाएको छ । उनीहरुले यही भदौ ३ गते सामना परिवारसहितको साँस्कृतिक कार्यक्रमबाट संगठनको नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्ने जनाएको छ ।