२०७७ कार्तिक ११, मंगलवार

नेपालगञ्ज गोल्डकप : उपाधिका लागि आज संकटा र रुपन्देही भिड्दै

बाँके : बाँकेको खजुरामा जारी तेस्रो संस्करणको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार संकटा क्लब काठमाडौं ररुपन्देही–११ भिड्दैछन्।

उपाधिका लागि शनिबार अपराह्न ४ बजे प्रतियोगिता हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए। उपाधिका दाबेदार संकटाले सुदूरपश्चिम–११ लाई ट्राइबेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। यस्तै, अर्का दाबेदार रुपन्देही–११ ले नेपालगञ्ज–११ लाई ४–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

फाइनल खेलको पूर्वसन्ध्यामा भएको ‘प्रि म्याच कन्फरेन्स’मा संकटाका कप्तान सरोज दाहालले नेपालगञ्ज गोल्डकपको उपाधि आफ्नो क्लबले जित्ने दावी गरेका छन्। अघिल्ला प्रतियोगिताहरूमा रुपन्देही–११ लाई पराजित गरेको बताउँदै यस पटक पनि उपाधि संकटाको पोल्टामा आउने उनको जिकिर छ।  रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले पनि उपाधि आफ्नो टिमले चुम्ने दावी गरेका छन्।

अहिलेसम्मको खेल हेर्दा संकटा कमजोर रहेको जिकिर गरे। उनले भने, ‘उपाधि जित्नेमा हामी पूर्ण विश्वस्त छौं।’ गोल्डकपको दोस्रो संस्करणमा पनि यी दुई टोली फाइनलमा पुगेका थिए। उक्त खेलमा रुपन्देहीले बाजी मारेको थियो। पाँच लाख रुपैयाँ पुरस्कारको नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताकाको उत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ।