२०७७ मंसिर १६, मंगलवार

अमेरिकन फुलब्राइट स्कलरको बिदाई कार्यक्रम सम्पन्न

cropped-logosसुर्खेत, भदौ २ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रस्तावमा विश्वविद्यालयमा गत श्रावण २१ गते देखि समुदाय सहभागिता र नेतृत्व विकास सम्बन्धी सेमिनारमा विज्ञको रूपमा सहजीकरण गरिरहेका अमेरिकन फुलब्राइट कमिसन र युनिभर्सिटी अफ पिट्सवर्ग, अमेरिकाका असोसिएट प्रोफेसर डा. जेम्स ज्याकबको बुधवार एक कार्यक्रमकाविच विदाई गरिएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा विदाई कार्यक्रम सम्पन्नन भएको हो । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा.मल्लले जेम्स ज्याकबलाई विश्वविद्यालयमा स्वागत गर्न पाउँदा खुसि भएको र उहाको विज्ञता र क्षमताको भरपुर सदुपयोग गरी विश्वविद्यालयलाई उचाई प्रदान गर्न सहयोग पुग्ने विश्वास प्रकट गरे ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निमन्त्रणामा उक्त कार्यक्रममा आएका मुख्य वक्ता एवं सहजकर्ता युनिभर्सिटी अफ पिट्सवर्ग, अमेरिकाकाका असोसिएट प्रोफेसर डा. जेम्स ज्याकबद्वारा नेपाल आउनु आफ्ना लागि गौरबको विषय भएको भन्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक र प्रशासनिक विकासका लागि नेतृत्व भिजनरी हुनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा सेवा आयोगका सदस्य प्रा.डा. श्रीराम प्रसाद उपाध्याय लगायत सम्पूर्ण संकायका डीनहरू, सहायक डीनहरू, निर्देशक, परिक्षा व्यस्थापन प्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख , सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो ।