२०७७ कार्तिक ११, मंगलवार

कर्णालीको बजेट २३ अर्बको ल्याउने तयारी

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले झण्डै २३ अर्बको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री प्रकाश ज्वालाले ३२ अर्ब बराबरको बजेट ल्याउन लागेको जानकारी दिएका हुन् । मन्त्री ज्वालाले आगामी बजेट प्रदेशको उत्पादन र रोजगारीमा केन्द्रीत हुने पनि स्पष्ट पारेका छन् ।

५२ प्रतिशत गरिवी रहेको प्रदेशको गरिवी प्रतिशत घटाउन सहयोग पुग्ने योजनाह? बजेटले समेट्ने ज्वालाले बताए । असार १ गते (भोली) ल्याउन लागेको बजेटको सबै तयारी पूरा भएको छ । मन्त्री ज्वालाका अनुसार यो बजेट समानिकरण तथा सशक्त अनुदान, राजश्व बाँडफाड, चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट र आन्तरिक स्रोतको ?पमा रहेको प्रदेशको राजश्वबाट प्राप्त बजेट हो । तर मन्त्री ज्वालाले बजेटको आकार बढ्न सक्ने संकेत गरे ।

भौगोलिक भूवनाटका कारण अहिलेको बजेट प्रयाप्त नहुने भन्दै ज्वालाले अनुदान वा ऋण लिएरै भएपनि बजेटको आकार बढ्ने जानकारी दिए । प्रदेशका जनताले अनुभूत गर्नेगरी बजेट ल्याउन लागेका छौं मन्त्री ज्वालाले भने,चालु आर्थिक वर्षको बजेटबाट सिकाई ग्रहण गर्दै कार्यान्वयमुखी बजेट ल्याउन केन्द्रीत छौं । आगामी आर्थिक वर्षको बजेटको अख्तियारी साउन १ गतेदेखी नै हुने मन्त्री ज्वालाको भनाई छ । साउन र भदौमा प्रक्रियागत सबै तयारी गर्छौ ।

ज्वालाले थपे असोजदेखी जेठसम्म कार्यान्वयन गरि सक्नेछौं । अन्य समयमा खर्च नहुने बजेट असारमै आएर खर्च गर्ने प्रवृत्तीको अन्त्य गर्ने मन्त्री ज्वालाको दावी छ । असारमा खर्च गरिने बजेटले दिर्घकालिन प्रभाव नपार्ने भएकाले जेठ मसान्तसम्म मात्रै खर्च गर्ने परिपाटी मन्त्रालयले बसाल्ने भएको छ ।

बजेट कार्यान्वयनका लागि कार्यतालिका बनाएर लागु हुने बताएका ज्वालाले पूँजीगत बजेट बढाउने र चालुतर्फको खर्च घटाउने गरी बजेट ल्याउन जानकारी दिए ।