२०७७ मंसिर १५, सोमबार

सरसफाई सम्वन्धी प्रतिवद्धता कार्यान्वयनका लागि सुझाव

cropped-logosसुर्खेत, भदौ २ ।
सरसफाईको क्षेत्रमा नेपालले क्षेत्रीय र अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि समुन्वय र सहकाय गर्नुपर्ने सरकोकारवालाले सुझाव दिएका छन ।

बंगलादेशको राजधानी ढाकामा भएको छैठौ दक्षिण एशियाली सरसफाई सम्मेलनमा नेपालले गरेका प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्ने, हाम्रो दायित्व के हुने र कार्यान्वयन गर्न के गर्ने भन्ने सम्वन्धमा बुधवार वीरेन्द्रनगरमा भएको छलफल कार्यक्रमका सहभागीले यस्तो सुझाव दिएका हुन ।

फ्रसे वाटर एक्सिन नेटवर्क, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय र समाज जागरण केन्द्र स्याकले गरेको कार्यक्रमका सहभागीले दिगो सरसफाईको लागि प्रभावकारी अनुगमन गर्नुपर्ने, एकद्धवार प्रणालीवाट सरसफाईमा लगानी गर्नुपर्ने सुझाव दिएका छन ।

नेपालले गरेका प्रतिवद्धता कार्यान्वयनका लागि व्यक्तिगत र समुहगत रुपमा सुझाव दिदै कार्यक्रमका सहभागीले सरसफाई देशको इज्यतसगँ जोडिएकोले सवैले आ आफनो ठाउँवाट सहयोग गर्नु पर्ने उल्लेख गरेका छन ।

ढाका सम्मेलनले पारित गरेका ११ बुद्धे प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्न सक्न्छ भन्ने विषयमा छलफलका सहभागीले ५ वटा समुह वनाएर विभिन्न वुद्धामा समुहगत रुपमा सुझाव दिएका थिए ।