२०७७ कार्तिक ३, सोमबार

कर्णाली प्रदेशमा जनतासँग मुख्य मन्त्री कार्यक्रम शुरु

प्रदेश एफ.एम. नेटवर्क र कर्णालीका सवै एफ.एम. रेडियोहरु मार्फत सोमवार सांझ देखि “जनता सँग मुख्य मन्त्री” कार्यक्रमको पहिलो अकं सुरु भएको छ ।

मुख्य मन्त्री र जनताविच छलफलको वातावरण वनाउन भन्दै “जनता सँग मुख्य मन्त्री” कार्यक्रम सुरु गरिएको हो ।
कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय र यहाँका एफ.एम. रेडियोहरुको सहकार्यमा सुरु गरिएको कार्यक्रम महिनाको द्रोस्रो र अन्तिम सोमवार गरी २ दिनसम्म प्रसारण हुने मुख्यमन्त्री शाहीका प्रेस संयोजक धुब्र विक्रम बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा मुगु जुम्ला सल्यान , जाजरकोट , रुकुम का नागरिकले मुख्यमन्त्रीलाई प्रश्न सोधेका छन ।
सम्रग कर्णालीको विकास , यस क्षेत्रका बेरोजगार युवाहरु लाई स्वरोजगार बनाउन तर्फ पहल गर्न मुख्यमन्त्री संग सहभागीले आग्रह गरेका छन ।

सहभागीहरुको प्रश्न र जिज्ञासाको जबाफ दिदै मुख्यमन्त्री शाहीले कर्णालीको बिकासका लागी गुरुयोजना बनाएर काम गर्ने आस्वाश्न दिए ।
उनले युवाहरुलाई रोजगारमुखि बनाउन सरकारले विशेष कार्यक्रम सहित योजना बनाउने बताए ।
जनता संग मुख्यमन्त्री कार्यक्रममा पहिलो प्रश्न÷जिज्ञाशा मुगुवाट चन्द्र प्रकाश बडुवालले तीनवटा कानुन वनाउने भनेपनी शिक्षाको कानुन विषयमा मुख्यमन्त्रीले नवोलेको ले शिक्षा कानुन वन्छ की वन्दैन भन्ने जिज्ञाशा राखेका थिए । उनको प्रश्नमा मुख्यमन्त्रीले यो चाडै वन्ने संघिय सरकारले वनाईसकेपछी प्रदेश,स्थानीय सरकारले छिट्टै वनाउने बताए ।

जाजरकोट देखी विष्णु प्रसाद शर्मा हालै सार्वजनिक भएको वजेट हुनेखाने वर्गलाई लक्षित गरि आएकोे होकी भन्ने जिज्ञाशा , जाजरकोटका उज्यालो नेपाल अभियानमा विद्युतको क्षेत्रमा कस्ता रणनिति छन र विशेष गरी युवा सरोकारका कस्ता योजना हरु छन भनेर जिज्ञासा राखेका थिए ।

अन्त्यमा जुम्लावाट शोभाकर विश्वकर्माले कर्णाली प्रदेश तथा कार्यक्रममा खस भाषा संरक्षणमा वजेटमा नसमेटिएको , संचार क्षेत्रमा खासै विषय वस्तु नसमेटीएको र एनजिओ नियमनको विषयमा के योजना छ वजेटमा यो अटाएन भन्ने जिज्ञाशा राखेका थिए ।
सम्रगमा सबै प्रश्नको जबाफ दिएका मुख्यमन्त्री शाहीले प्रदेश सरकार कानुन निर्माण र संरचना बनाउने अवस्थामा रहेकाले नागरिकका सबै गुनासाको सुनुवाई हुने आश्वासन दिए ।

कर्णालीको बहुमुल्य जडिबुडिका रुपमा रहेको यर्सा गुम्बाको संकलन र विक्रि वितरण कर्णालीले नै आवश्यक व्यबस्था गनुपर्ने स्रोताको प्रश्नमा मुख्यमन्त्री शाहीले अब कानुन र निति नियम बनाएर कर्णालीको बहुमुल्य जडिबुडि लाई व्यबस्थापन कर्णाली सरकारले गर्ने बताए ।
कार्यक्रम वोल्दै मुख्य मन्त्री शाहीले.कर्णाली सरकारले प्रदेशको नाम र राजधानी तोक्नु मुख्य उपलब्धि भएको बताए ।