२०७७ मंसिर १०, बुधबार

महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम

downloadसुर्खेत, भदौ २ । सुर्खेत महिला जेसीजले आगामि हप्ता जेसीज सप्ताहका रुपमा मनाउने बताएको छ ।

जेसीजले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि यहि ४ गत्ते उत्प्रेरणा तालीम,५ गत्ते रक्तदान कार्यक्रम, ६ गत्ते तुल्सी स्मृति दिबस र स्वास्थ्य शिवीर चलाउने निर्णय गरेको छ ।

त्यस्तै ७ गत्ते वक्तृत्वकला प्रतियोगिता,८ गत्ते शैक्षीक सामाग्री वितरण र ९ गत्ते वाल नृत्य प्रतियोगिता,उत्कृष्ठ महिला सम्मान कार्यक्रम गर्ने जनाएको छ । महिला जेसीजले ९ गत्तेनै सप्ताहव्यापी कार्यक्रमको समापन गर्ने समेत जनाएको छ ।

निरन्तर प्रत्येक वर्ष यसरी कार्यक्रम सञ्चालन गरिरहेको महिला जेसीजले यसपटक पनि भव्यताका साथ कार्यक्रम गर्ने भन्दै यो कार्यक्रमलाई सफल बनाइदिन सुर्खेत महिला जेसीज २०१६ का अध्यक्ष जेसी प्रतिमा मल्लाहले जानकारी दिईन ।