२०७७ मंसिर २०, शनिबार

वीरेन्द्रनगर उत्थानशिल शहर बनाउने लक्ष

cropped-logosसुर्खेत, भदौ २ । वीरेन्द्रनगर सहरलाई उत्थानशील सहर बनाइने भएको छ । अक्सफामको आर्थिक सहयोगमा वातावरण सुधार समाज सुर्खेतले ३० महिनाको अवधिमा उत्थानशील सहरको रुपमा परिणत गर्ने भएको हो ।

सहरी केन्द्रहरुका लागि उत्थानशीलता अभिबृद्धि र जलवायु परिवर्तन अनुकूलन कार्यक्रममार्फत वीरेन्द्रनगरलाई उत्थानशील सहर र यहा“का सवै वडाहरुमा उत्थानशील समुदाय बनाइनेछ । बुधवार सुर्खेतमा आयोजित कार्यक्रममा विपद जोखिम र जलबायुपरिवर्तन अनुकूलन कार्यक्रम संगसंगै संचालन गरी उत्थानशील समुदाय र सहर बनाइने जानकारी दिइएको छ ।

कार्यक्रम नगरका २५ वटै वडाहरुमा लागू हुनेछ । अक्सफामका जीवन कसुलाले विभिन्न विदेशी मुलुलकको सहयोगमा अक्सफामले स्थानीय वातावरण सुधार समाजमार्फत वीरेन्द्रनगर नगरपालिकासंग समन्वय गरी उत्थानशील सहर बनाउने बताए । ३० महिने सो अवधिका लागि करिव साढे ३ करोड बजेट रहेको जानकारी उनले दिए ।

अक्सफामकै कार्यक्रम व्यवस्थापक गौरव सागर दवाडीले सो अवधिमा नगरका सवैवडाहरुमा सर्वे गरी विपद र जलवायु परिवर्तनको बढी जोखिम रहेको समुदाय पहिचान गरी आवश्यकताका आधारमा कार्यक्रम गरिने, ५ वटा महिलाका मात्रै समूहलाई लगानी गरिने, वीरेन्द्रनगर र नेपालगन्जका २० वटा वडाहरुमा व्यवसायिकयोजना बनाइन लगानी गर्नेलगायतका कार्यक्रमहरु गरिने जानकारी दिए । कार्यक्रममा स्वच्छ ऊर्जा नेपालका कमलराज गोसाई, आरबोनेटका बसन्त गौतमलगायतले विभिन्न कार्यपत्र प्रस्तुत गरी कार्यक्रमको उपादेयतावारे प्रकाश पारेका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा, कांग्रेसका उपेन्द्र खड्का, एमालेका निलकण्ठ खनाल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीलगायतले धारणाराखेका थिए । नगरपालिकाका उक्त कार्यक्रम फोकल पर्सन किशोर क“डेलको संचालन गरेको कार्यक्रममा वातावरण सुधार समाजका सुरजप्रसाद आचार्यले स्वागगरेका थिए ।