२०७७ कार्तिक ७, शुक्रबार

जनशक्ति ब्यवस्थापन र चाइनाको प्रसङ्ग

हामी चाइनाको जिनान शहरमा जानका लागि बेइजीङको रेलवे स्टेसनमा निर्धारित समयभन्दा करिव एक घण्टा छिटो पुग्यौं । समय विहानको ७ बजेको थियो । हामी बसेको मेञ्जु होटलमा बे्रकफाष्ट खाँदा ढिला हुन्छ भनेपछि होटलले बे्रक फाष्टलाई प्याक गरेर हामी सवैलाई एकएक गरी दिएको थियो । त्यो दिन आषाढ १५ गते भएको कारण हाम्रा टिम लिडर डिबी बस्नेतले दही चिउरा खानु पर्छ भन्ने योजनाका साथ नेपालबाटै चिउरा बोकेर आउनुु भएको रहेछ ।

बे्रकफाष्ट प्याक गर्ने क्रममा होटेलले हाम्रै अनुरोधमा दही पनि राखिदिएको थियो । बेइजिङको रेलवे स्टेसनको एक घण्टाको बसाइमा हामीले नेपालको दही चिउरा खाने एवम् रोपाइ गर्ने महत्वपूर्ण चाड सम्झिदै होटलले प्याक गरिदिएको दही र हामीले नेपालबाट लिएर गएको चिउरा मिसाएर दही चिउरा खायौं । चाइनाको दही र नेपालको चिउरा मिसाएर खाँदा आमा र बाबाको माया मिसिएर एउटा सन्ततीको अनुहारमा खुशीका किरणहरु झुल्किएझै हामीमा पनि एउटा अनौठो खुशीको अनुभूति भइरहेको थियो । लाग्छ त्यो खुशी देश छोडेर विदेश जाँदा पनि भेटिएको एउटा अनुपम खुशी थियो ।

बे्रकफाष्टमा होटेलले दही मात्र नराखेर केही केक र फलपूmल पनि राखिदिएको थियो । न स्याउ न नास्पति जस्तो देखिने एउटा फल राम्रोसँग नचिनेरै खान थालें । नास्पति जस्तै रसिलो र किरिम किरिम गर्ने अनि स्याउजस्तै गुलियो उक्त फल निकै मन प¥यो । उक्त फलको बारेमा साथीहरुसँग सोधपुछ गर्दा वहाँहरु पनि मजस्तै अनभिज्ञ हुनुहुँदोरहेछ र म जस्तै नचिनेर मीठो मानीमानी खाइराख्नु भएको रहेछ । पछि हाम्रो गाइडको रुपमा काम गरिरहेकी चिनिया मीस अवाइसँग सोधेपछि उनले भनिन् – ‘यो यहाँका कृषि बैज्ञानिकहरुले नास्पति र स्याउ मिक्स अप गरेर तयार गरिएको नयाँ फल हो ।

यसको नाम मलाइ पनि थाहा छैन ।’ ब्रेकफाष्टमा लिची पनि थियो । उक्त लिचीको मेरो घरकोे बारीमा भएको लिचीको जस्तो भित्र ठूलो गेडा (हड्डी) थिएन । लिचीमा काँक्रोको जस्तो सानो बियाँ थियो । यो पनि कृषि बैज्ञानिकहरुकै योगदान रहेछ । प्रकृतिले दिएका चिजहरुलाई पनि काँटछाँट गरेर प्रकृतिमाथि समेत बिजय हासिल गर्दै मान्छेलाई फाइदा हुने र मन पर्ने किसिमका नयाँ नयाँ फलपूmलहरु उत्पादन गर्ने काममा चाइनाका कृषि बैज्ञानिकहरुले गरेको यस प्रकारको योगदानको खुलेर सम्मान गर्न मन लाग्यो ।

हाम्रो देशमा पनि कृषि बैज्ञानिकहरु त छन् । तर ती बैज्ञानिकहरुमध्ये मलाइ लाग्छ कतिपयमा काम गर्ने दक्षता र इच्छा भएर पनि काम गर्ने अवसर एवम् परिवेश जुरेको छैन होला । कोही हामी जस्तै छोटो अवधिमा विदेश भ्रमणमा गएको मौका छोपी विदेशमै हराइरहेका होलान । कोही बैज्ञानिकहरु परिवेशको सिंहावलोकन गरी नेताहरुको अघिपछि लाग्दा लाग्दै भ्याइनभ्याइ होला । कतिपय बैज्ञानिकहरुले नयाँ नयाँ फलफूल र चिजविजहरुका लागि अनुसन्धान र उत्पादनसम्बन्धी काम गरेपनि ती अनुसन्धान र उत्पादनहरु प्रतिबेदन र प्रस्तुतिहरुमा मात्र सिमित होलान । त्यसरी नै कोही बैज्ञानिकहरुलाई आफ्नो बखान र अरुको अपमान गर्दैमा ठीक्क होला ।

यथार्थमा हाम्रा कृषि बैज्ञानिकहरु विभिन्न कारणहरुले पलायन हुने क्रम जारी छ । दक्ष जनशक्ति पलायन हुनु भनेको देशको प्राण र ताकत बाहिरिएर देशसँग अस्थिपञ्जर बाँकी रहनु जस्तै हो । यो कुरामा चाइना गम्भीर देखिन्छ । र त समुन्नति सम्भव भएको छ । हामीले उत्पादन गरेका हाम्रा दक्ष जनशक्तिहरु बाहिरिदा हाम्रो मनमा अलिकति पनि पछुतो र आत्मग्लानीको महसुस हुदैन । र त हामी समुन्नतिलाई आकाशको फल सम्झेर बाँचिरहेका छौं ।

बेइजिङबाट हामीले करिव पाँच सय किलोमीटरको दूरी ट्रेन र गाडीबाट ३ घण्टामा पार गरेर जिनान शहर पुग्यौं । जिनान शहरमा रहेको जिनान पू्रmट रिसर्च इन्स्टीच्यूटका पदाधिकारीहरुले हामीलाई हार्दिक स्वागत गर्दै हामीलाई आफ्नै सहकारीको भान्सामा लञ्च प्रदान गरे । तत्पश्चात आफ्नो सहकारी संस्थाको अवलोकन गराए । फलफूलहरुको उत्पादन, सङ्कलन, प्रशोधन, प्याकेजिङ, भण्डारण, बजारीकरण आदि जस्ता कार्यहरुको बारेमा हामीले प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर पायौं । यसका साथै प्रकृति प्रदत्त फलफूलहरुलाइ मिक्स अप गरेर नयाँ नयाँ फलफूलहरुको उत्पादनका लागि स्थापना गरिएका ल्याबहरुको समेत अवलोकन गर्ने अवसर मिल्यो ।

त्यहाँ काम गर्ने मानिसहरुलाई हेर्दा यस्तो लाग्थ्यो कि उनीहरु काम गरिरहेका छैनन कि कुनै रुचिको खेल खेलिरहेका छन् । त्यसैले त नयाँ नयाँ फलफूलहरु उत्पादन गर्न र नयाँ नयाँ कुराहरु पत्ता लगाउन सम्भव भइरहेको रहेछ । सवैमा जिम्मेवारी बोधको भावना छ । सवैमा कामप्रतिको लगनशीलता र जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता अद्वितीय किसिमको छ । त्यसैले त छोटो अवधिमा चाइनाले आफूलाई विश्वको शक्तिसम्पन्न राष्ट्रमा उभ्याउन सफल भएको रहेछ ।

कामप्रतिको लगनशीलता र प्रतिबद्धताको कुरा गर्दा मलाई जिनानको पश्चिमी क्षेत्रको सम्झना आइरहेको छ जहाँबाट हामी ट्रेनबाट झरेर गाडीमा चढ्दै जिनानको यात्रा आरम्भ गरेका थियौं । गाडीमा भएको गाइडले हामीलाई भन्दै थिए – ‘यो जिनानको पश्चिमी भूभाग अर्थात जिनानसी हो । यो शहर यति सुन्दर शहर भएको सात वर्ष मात्र भयो । त्यो भन्दा पहिले यो ग्रामीण बस्तीले भरिएको थियो ।’ यो कुरा सुन्दा भने मलाई अचम्मै लाग्यो, यति भव्य ट्रेन स्टेसन, एघार लेनको चौडा सडक, भब्य र सुन्दर आलिसान बिल्डीङहरु भएको शहर निर्माण गर्न सात वर्षमा कसरी सम्भव भयो होला ? हाम्रो देशमा एउटा स्कूल भवन बनाउन त चारपाँच वर्ष लाग्छ ।

यौटा पूल बनाउन आठदश वर्ष लाग्छ भने गाडीमा आधा घण्टा भन्दा पनि बढी समय लाग्ने र वातावरणीय हिसावले समेत हरियाली र सुविधासम्पन्न यो शहर सात वर्षमा निर्माण सम्भव भएछ । मैले फेरि सम्झे – जिम्मेवारी बोध, काम प्रतिको लगनशीलता र प्रतिबद्धता । आफूलाई तोकिएको जिम्मेवारी रमाइलो खेलजस्तै सम्झेर रुचि र इमान्दारीपूर्वक काम गर्ने जनशक्ति । अनि सक्षम र समर्पित जनशक्तिलाई प्रोत्साहित गर्ने राज्यको संयन्त्र र पद्धति । सायद यी सवैको परिणाम होला यो सुन्दर शहर ।

मलाई भेरी बबइ डाइभर्सनमा काम गर्ने सिनियर इञ्जिनियर श्री जगदीश्वरमान श्रेष्ठले भेरी बबइ डाइभर्सनमा काम गर्ने चिनियाहरुको बारेमा भनेको कुरा याद छ – ‘उनीहरु समय र बचनका पक्का हुन्छन् । उनीहरु आफू पनि समयको हिसावले पञ्चुयल हुन्छन् र अरुले पनि समयको पालना गरेको मन पराउछन् । त्यसरी नै उनीहरु भूmटो बोल्दैनन र भूmटो बोलेको पनि मन पराउदैनन् ।’ यो कुरा सम्झिदा हामी त्यसै कारणले पछि परेका हौं कि जस्तो लाग्छ । साँच्ची हामीलाई समयको कुनै मतलव छैन । झन त ठूलाबडा र उच्च पदस्थहरुलाई । कुनै कार्यक्रममा उनीहरुको ढिलाइको कारणले सयौं मानिसहरुको समय बर्वाद भइरहेको हुन्छ ।

समयको सदुपयोग गरेर हिड्ने मानिसहरु सम्मानित हुनुपर्नेमा उल्टै सजायको भागी भइरहेका हुन्छन् । झूटो बोल्ने त हाम्रो संस्कार हो । नेतादेखि कार्यकर्तासम्म, शिक्षक देखि शिष्यसम्म, मातापिता देखि सन्ततिसम्म, ब्यापारीदेखि ग्राहकसम्म लाग्छ भूmटो नबोलेपछि हाम्रो जीवन नै चल्दैन क्या रे । हाम्रो सँगतमा परेपछि विचरा साना चिचिला नानीहरुले पनि भूmटो बोल्ने संस्कारको थालनी गर्छन । यो पनि हाम्रो समुन्नति नहुनुको प्रमुख कारण रहेछ जसको अगुवाई अगुवाहरुले नै गरिरहेका छन् ।

कामप्रतिको जिम्मेवारीबोध र प्रतिबद्धताको उदाहरण हामीलाई गाइड गर्ने मिस्टर जेरी, मिस अवाइ र मीस जियाहङले हाम्रै अगाडि हाम्रो निम्ति सम्पादन गरेको योगदानको अवलोकन गर्दा बोध भयो । हामी जुन ठाउमा गए पनि मीस अवाइ हामीमध्ये कोही छुट्यौं कि भनेर गाडीबाट झर्ने अनि गाडीमा उक्लिने ठाउमा हाम्रो गन्ति गरिरहेकी हुन्थीन । हामी फर्किने दिन छेन्दु विमानस्थलमा बाढी पसेको कारण हाम्रो फ्लाइट रद्द भयो । त्यसपछि मीस अवाइ र मीस जियाहङले हामीलाई बेइजीङ इयरपोर्टमा गएर चाइना इष्टर्नको बोइङबाट पुनमीङ विमानस्थल हुदै नेपाल जानका लागि बहुत ठूलो प्रयत्न गरे र उनीहरुको प्रयत्न सफल पनि भयो ।

त्यो सवै ब्यवस्थापन गरेर हामीलाई बेइजीङकै इयरपोर्टमा भएको होटेलमा बसाइको ब्यवस्थापन गर्दा रातीको साढे दश बजिसकेको थियो । त्यसपछि मात्रै उनीहरु आफ्नो घर फर्के । भोलीपल्ट विहान पुनः छ बजे नै हामीलाई रिसिभ गर्न आइपुगे । हामीले उनीहरुले गरेको सहयोगको उच्च सम्मान गर्दै धन्यवाद दिएर छुट्टियौ । ती दुई चिनिया महिलालाई मात्र होइन शक्तिसम्पन्न चीन निर्माण गर्ने सम्पूर्ण चिनियाहरुलाई हार्दिक नमन गर्दै हामी स्वदेश फिर्ताका लागि यात्राआरम्भ ग¥यौं ।

निष्कर्षमा यही भन्नु पर्ने भयो कि चिन आफै बनेको होइन चिनलाई चिनियाहरुले बनाएका हुन् । चिन मात्र होइन विश्वका जुनसुकै समुन्नत र शक्तिसम्पन्न मुलुकहरु त्यो उचाइमा आफै पुगेका होइनन, त्यहाँ पु¥याउनका लागि त्यहाँका नागरिकले मेहेनत गरेका हुन । त्यहाँका नागरिकका अगुवाहरुले गतिलो किसिमले अगुवाइ गरेका हुन् । राम्रो काम गर्नेहरुलाई प्रोत्साहन र सम्मान अनि नराम्रो काम गर्नेहरुलाई सजाय र सुधारको ब्यवस्था गरेका कारण यो सवै सम्भव भएको हो । हामी कहाँ भने यी सवै कुरा एकादेशका कथा भएका छन् । कामप्रति प्रतिबद्ध र जिम्मेवार होइन कि पार्टी र अमुक ब्यक्तिप्रति प्रतिबद्ध मानिसहरुको भलो हुने गरेको छ ।

नीति र कार्यक्रमहरु जति राम्रा बनाए पनि आफन्त र आफ्नो वरिपरि फन्को लगाउनेहरुलाई सुविधा पाइने ठाउमा क्रेन लगाएर तान्ने क्रम जारी छ । समग्रमा मानिसहरु आशा भन्दा पनि उदासिनता पालेर बाँचिरहेका छन् । त्यसैले होला, हाम्रो सामु चिनियाहरुले आफ्नो सरकार र सत्ताको अलिकति पनि टिकाटिप्पणी नगरेर सम्मानभाव देखाउदै कुरा गर्दछन् । हामी भने हाम्रो देश र यहाँका नेताहरुको सत्तोसराप चिनमा गएर चिनियाहरुको अगाडि पनि गर्न पछि पर्दैनौं । सवैलाई चेतना भया ।