२०७७ कार्तिक ९, आईतवार

एमनेस्टी नेपाल लयर्स समुह ६९ को संयोजमा – खड्का चएन

सुर्खेत, श्रावन । मानवअधिकारवादी अन्र्तराष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनल नेपाल लयर्स समुह ६९ को २५ औँ वार्षिक साधारण सभाबाट संयोजकमा हरिलाल खड्का चएन हुनु भएको छ । बिहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले लामो समय देखी मानव अधिकारको क्षेत्रमा सक्रिय रहुनु भएका खड्कालाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

नव निर्वाचित संयोजक खड्काले स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार नै मानवअधिकार भएको उल्लेख गर्दै राजनीतिक दल र सरकार मानव अधिकारको संरक्षणका लागि जिम्मेवार बन्न नसकेको बताउनु भयो । संयोजक खड्काले एमनेस्टी इन्टरनेसनल नेपाल लयर्स समुह ६९ले आगामी दिनमा आम नागरिकलाई मानब अधिकारको बारेमा जनकारि गराउने खाल्का कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नु भयो ।

उक्त सभाले संयोजक खड्काको नेतृत्वमा सह संयोजकमा कबिता केसी (सेजुवा), सचिवमा धु्रब सिहं ठकुरी, सह सचिबमा कर्णबहादुर खड्का र कोषाध्यक्षमा यज्ञ खत्रीलाई चएन गरेको छ । त्यस्तै सदस्यहरुमा सदस्यहरुमा दुर्गा प्रसाद शर्मा, मालति विश्वकर्मा, बिमला कोइराला र शुशिला खड्का चएन हुनुभएको छ ।

उक्त कार्यक्रम्मा एमनेस्टी इन्टरनेसनल नेपालका राष्ट्रिय उपमहासचिव यशोदा उपाध्याय, समूह ६९ का निरुपित केन्द्रिय सदस्य कर्ण कुँवर, पुर्व केन्द्रिय सदस्य सरस्वति गौतम, जिल्ला स्थित लयर्स समुह ६९ सुर्खेतका संस्थापक संयोजक भानुभक्त भारती, समूहका पुर्व संयोजक देबेन्द्र सेजुवाल र समुह २ सुर्खेतका पुर्व संयोजक नारायण नाथ योगी लगाएतको सहभागीता रहेको थियो ।

१९६१ मा वेलायतबाट सुरु भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्ट इन्टरनेसन नेपाल लयर्स समुह ६९ ले सर्खेतमा विगत २५ वर्षदेखी मानवहअधिकारको क्षेत्रमा रहेर काम गर्दै आएको छ ।