२०७७ कार्तिक ९, आईतवार

कर्णालीमा ‘कम्युनिटी लज’

कर्णाली क्षेत्रको पर्यटन विकासका लागि विभिन्न प्रयासहरु जारि छन् । संस्थागत रुपमै गरिएका ति प्रयासहरुले यस क्षेत्रको पर्यटन विकाशमा सहयोग गर्नेछन् । निजि क्षेत्र र सरकारी क्षेत्रको सामुहीक प्रयासले यस क्षेत्रको पर्यटनको विकाश र यस क्षेत्रका जनताले लाभ लिनेछन् । तर अहलिे यस क्षेत्रको विकाशका लागि लगानि जरुरी छ । भौतिक पुर्वाधारको विकाशपछि मात्रै यस क्षेत्रमा पर्यटक आउन सक्छन् ।

त्यसका लागि यस क्षेत्रमा ‘कम्युनिटी लज’को प्रस्ताव गरिएको छ । तत्काल ठूलो लगानीमा पर्यटकीय होटलहरू स्थापना गर्न सम्भव नभएपछि कर्णालीका ग्रामीण क्षेत्रमा घुम्न आउने पर्यटकका लागि ‘कम्युनिटी लज’को अवधारणा अगाडि सारिएको हो । यो अवधारणाअनुसार स्थानीय समुदायले नै पर्यटकलाई आवास र खानाको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

देशभरको अवस्थालाई हेर्दा कर्णालीमा पर्यटक आवागमनको अवस्था निकै कमजोर छ । कर्णालीमा घुम्न आउने पर्यटकका लागि आवश्यक आवास र मनोरञ्जन लिने माध्यम नभएकै कारण ‘कम्युनिटी लज’ को अवधारण ल्याईएको हो । यो प्रस्तावलाई प्रदेश सरकारले पनि स्वीकार गरेको छ । पर्यटक आकर्षित गर्नका लागि पर्यटकीय क्षेत्रमा साना होटल तथा लज निर्माण गर्नुपर्ने प्रस्ताव गरिएको हो ।

कर्णाली प्रदेश सरकारले पनि पर्यटनबाटै ठूलो अपेक्षा राखेकाले पर्यटकको बसाइलाई सहज बनाउन गाउँमा साना होटलमा स्थानीय समुदायले नै लगानी गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता जनाएको छ । यदि यो योजना सफल भयो भने यस्ले कर्णाली बासीमा सिघ्र पर्यटन विकाश गर्न र आएका पर्यटकलाई सहज ह’ने छ ।

यो प्रस्तावलाई सकारात्मक रुपमा लिए यहाको मौलिकताको स्वाद सबैले लिनेछन् । पर्यटक पनि खुसी हुनेछन् ।