२०७७ कार्तिक ५, बुधबार

भावुक हुदै मन्त्री भण्डारीको संसदलाई प्रश्न,’ जन्मदातालाई तिमिले बच्चा भेट्न पाउदैनौ भन्न मिल्छ ?’

सुर्खेत ।  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ३ गते भएको घटना दुर्भाग्यवश भएको बताएका छन् । मंगलवार कर्णाली प्रदेश सभामा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले आन्दोलनकारीको नाममा अनावश्यक हर्कत देखाइएको कारण अस्पतालमा घटना घटेको भण्डारीको भनाई छ ।

हामीले त्यहाँको सीडीओ लगायत सबै पक्षसँग शान्तिपूर्ण रुपमा समाधान खोज्न भन्दै कुराकानी गरे पनि भित्र जान नदिइएको बताए । अस्पतालमा भएको क्षतिले आफूलाई दुःखित तुल्याएको बताए । मन्त्री भण्डारीले अस्पताल जन्माउनको लागि उतिबेला म कठघरामा उभिएको स्मररण गर्दै मंगलबार त्यही अस्पताल तोडिएको बारेमा संसदलाई जवाफ दिन कठघरामा उभिएको बताए ।

कुनै पनि जन्मदातालाई तिमीले आफ्ना छोराछोरी भेट्न पाउदैनौं भनेर रोक लगाए जसरी व्यवहार गरीएकोमा असाध्यै दुःख लागेको उनको भनाई थियो । मन्त्री भण्डारीले आफूहरूले नचाहँदा–नचाहँदै पनि जुम्लामा घटना भएको बताउँदै उच्छृङ्खल समूहले डा. केसी चढेको एम्बुलेन्समाथि ढुगां प्रहार गर्दा सिसा फुटेको र ा५ वटा गाडी तोडफोड गरिएको बताए ।

यसैबीच, संसद बैठकमा सांसद अमृता शाहीले कञ्चनपुरको भीमदत्त नगरपालिकामा बालिका बलात्कार भएको र उनले न्याय पाउन नसकेको बताए । यो देशमा कानूनी राज छ कि छैन ? किन बलात्कारीलाई प्रहरीले कारवाही गर्न सक्दैन ? कि कानून नै कमजोर छ,’ उहाको प्रश्न थियो । आक्रोशित मुद्रामा प्रस्तुत भएकी सांसद शाहीले घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरे ।

नेपालमा जति सरकार आए उति नै मूल्यवृद्धि भइरहेको बताउँदै उहाले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद कौशिलावती खत्रीले जाजरकोटको जुनिचाँदे–३ मा बसोबास गर्दै आएका भक्तबहादुर बुढाको घरलाई बाढीले बगाएको र उनले पत्नी र नातिनी गुमाउन बाध्य भएकोमा सरकारसंग राहात मदिन माग गरे ।

सोमबार संसद बैठकमा कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल सम्पन्न भएको छ । छलफलमा सांसद गुलाबजंग शाह, अमर थापा, सीता नेपाली र धर्मराज रेग्मीले भाग लिएका थिए । उनीहरूले सचिवको उमेर र सेवासुविधा स्पष्ट पार्न सरकारलाई सुझाव दिएका थियौ ।

सैद्धान्तिक छलफल भएपछि सभामुख राजबहादुर शाहीले संशोधन हाल्नको लागि ७२ घण्टे समय दिएका छन् । संसदको अर्को बैठक आउदो शुक्रवार बिहान ११ बजे बस्ने छ ।