२०७७ कार्तिक ११, मंगलवार

कांग्रेस द्धारा सुर्खेतमा पनि सरकारविरुद्ध प्रदर्श, ‘चर्का नाराबाजी’

सुर्खेत ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुर्खेतमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेस सुर्खेतले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लगाएको छ । लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका मुख्य एजेण्डामा विरोध स्वरुप वीरेन्द्रनगरमा र्यालीको आयोजना गरिएको कांग्रेस सुर्खेतले जनाएको छ ।

वीरेन्द्रनगरको मंगलगढीचौकबाट शुरु भएको र्याली बजार परिक्रमा गरेको थियो । र्यालीमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानी, पूर्व सञ्चार राज्यमन्त्री तप्पबहादुर विष्ट, कांग्रेस सुर्खेतका सभापती कमलराज रेग्मी, तरूण दल, नेविसंघ र महिला संघ लगायतका भातृ संगठनको सहभागिता रहेको थियो ।

विरोध सभामा बोल्दै काग्रेस नेता हृदयराम थानीले काग्रेस सरकारमा नह’दा कम्युनिष्टहरुले निरंकुशता लाद्न खोजेको आरोप लगाए । प’र्वभन्त्री समेत रहेका थानीले यस्का विरुद्ध लाग्न काग्रेस कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । यसैबिच, वाम सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै सरकार विरुद्ध नेपाली काँग्रेस सल्यानले मंगलबार खलंगामा विरोध प्रर्दशन गरेको छ ।

कम्युनिष्ट सरकारले देखाउन थालेको अधिनायकवादी चरित्र, गैर जिम्मेवार व्यवहारका विरुद्ध नेपाली काँग्रेसले विरोध सभा तथा ¥याली गरेको हो । विरोध सभामा बोल्दै महासमिति सदस्य तथा पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र शाहले वर्तमान सरकारको अधिनायकबादलाई परास्त गर्न सडकमा आउन बाध्य हुनु परेका बताउनुभयो ।